close

अब मोबाइल एपबाटै शेर्पा भाषा सिक्न सकिने

टेकपाना टेकपाना

असोज २२, २०७९ १८:३८

अब मोबाइल एपबाटै शेर्पा भाषा सिक्न सकिने

काठमाडौं । शेर्पा भाषा सिकाउने एप सार्वजनिक भएको छ । विश्वा शेर्पा संघले आज विश्व शेर्पा दिवसको अवसरमा एक कार्यक्रम आयोजना गर्दै यो एप सार्वजनिक गरेको हो ।

शिक्षा/रोजगार लगायतका विभिन्न अवसरको लागि एक ठाउँबाट अर्को ठाउँ सर्ने क्रममा विस्तारै नयाँ पुस्ताले शेर्पा भाषा भुल्दै गएको भन्दै आफ्नो भाषाको जगेर्ना गर्ने हेतुले संघले शेर्पा ल्याङ्गवेज एप सार्वजनिक गरेको हो । 

यो एप नेपाली, सम्भोटा, अंग्रेजी र रोमन नेपालीमा पढ्न सकिनेछ । यसमा शब्दहरूलाई शेर्पा भाषामा कसरी लेखिन्छ र उच्चारण गरिन्छ भनेर सिकाउन शब्द र आवाज दुवैको प्रयोग गरिएको छ ।

यसका साथै एपमा फिडब्याक फिचर पनि उपलब्ध छ । भाषाहरू स्थान अनुसार फरक पर्ने हुँदा कुनै शब्दको उच्चारण वा अर्थ फरक पर्न जाँदा एपबाट नै प्रतिक्रिया दिन सकिने उनले बताए ।

 

पछिल्लो अध्यावधिक: असोज २२, २०७९ १९:४१