close

सञ्चालनमा आयो विद्युतीय माइक्रो बस

टेकपाना टेकपाना

असोज २३, २०७९ ८:३

सञ्चालनमा आयो विद्युतीय माइक्रो बस

दोलखा । लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस सञ्चालन गरेको छ । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न ल्याइएको गाडी अहिले परीक्षणका रूपमा  सञ्चालन गरिएको अभयपुर यातायात प्रालिका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले परीक्षणका रूपमा जिल्लाको जिरी, सिँगटी, लामाबगर, रामेछापको मन्थली, काठमाडांमा सञ्चालन गरिएको हो । कम्पनीले सिन्धुपाल्चोकको खाडीचौर र दोलखामा चार्जिङ स्टेसन राख्न लागेको छ  । अहिले दोलखामै छ किलोवाटबाट चार्जिङ गर्ने गरिएको छ ।

योभन्दा बढी  गर्न  २२० भोल्ट विद्युत आवश्यक पर्ने हुँदा विद्युत प्राधिकरणसँग समन्वय भइरहेको छ । सबै प्रबन्ध मिलेपछि निकट भविष्यमा दो लखादेखि काठमाडाँैसम्म सञ्चालन हुने जानकारी दिँदै अध्यक्ष  श्रेष्ठले भने, प्रालिले चिनियाँ कम्पनीको माइक्रो बस ल्याएको हो ।

यो गाडी एक पटकको फुलचार्जमा २५० किलोमिटर   गुड्ने र यो  गाडीलाई घरको  लाइनबाट चार्ज गर्दा पाँच घण्टा लाग्ने गरेको छ । अरू गाडीभन्दा भाडा सस्तो हुने देखिएको यो गाडी पहिलो पटक हिमाली जिल्ला दोलखामा सार्वजनिक  रूपमा सञ्चालनमा ल्याइएको हुँदा स्थानीय सरकार सहितको सहयोग भएमा सहज हुने अध्यक्ष श्रेष्ठले बताए । 

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २३, २०७९ ८:१८