close

सोचे जस्तो भएन आईफोन १४ को बिक्री

टेकपाना टेकपाना

असोज २९, २०७९ १२:५१

सोचे जस्तो भएन आईफोन १४ को बिक्री

काठमाडौं । बजारमा भएको चर्चाको हिसाबले आईफोन १४ र आईफोन १४ प्लसको बिक्री भने त्यति उत्साहित देखिएको छैन । डिजिटाइम्सले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार यी माेडेलकाे तुलनामा आईफोन १४ प्रो र आईफोन १४ प्रो प्लसको बिक्री भने सन्तोषजनक रहेको छ ।

सन् २०२१ को दोस्रो छ महिनामा आईफोन १३ सिरिजका फोनहरूको आपूर्ति अभाव भएजस्तै आईफोन १४ मा ले पनि साेही समस्या झेलिरहेकाे अनुमान गरिएको छ । अहिलेको अवधिमा आईफोन १४ र १४ प्लसको बिक्री न्यून रहँदा कम्पनीले आवश्यक पार्टपुर्जाको अर्डर कटौती गर्नसक्ने पनि चर्चा छ ।

यदि एप्पलले अपेक्षा गरेभन्दा बढी आक्रमक रूपमा अर्डरहरू कटौती गर्छ भने, याे वर्षको अन्त्यसम्ममा कुल आईफोन १४ सिरिजका स्मार्टफोनको आपूर्ति गत वर्षको आईफोन १३ को भन्दा पनि धेरै घट्नसक्ने अनुमान गरिएको छ ।

यो पटक आईफोनले अपेक्षाकृत रुपमा बजारमा आफ्नो स्थान बनाउन सकेको छैन । आईफोन एसई र आईफोन १३ को प्रि-अर्डरको तुलनामा आईफोन १४ सिरिजका स्मार्टफोनहरूको प्रि-अर्डर पनि निकै नै न्यून छ ।

रिपोर्ट अनुसार आईफोन १४ को प्रि-अर्डर आईफोन १३ को तुलनामा ३८ प्रतिशतले कम छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०७९ १२:५१