close

एप्पलको 'आईमेसेज' भन्दा ह्वाट्सएप सुरक्षितः मार्क जुकरबर्ग

टेकपाना टेकपाना

कात्तिक १, २०७९ १६:५७

एप्पलको 'आईमेसेज' भन्दा ह्वाट्सएप सुरक्षितः मार्क जुकरबर्ग

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एप्पलको आईमेसेजको तुलनामा ह्वाट्सएप धेरै सुरक्षित भएको अभिव्यक्ति दिएका छन् । इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले ह्वाट्सएपमा उपलब्ध फिचरका कारण याे एप सुरक्षित रहेकाे तर्क गरेका हुन् ।

'आईमेसेज भन्दा ह्वाट्सएप बढी गोप्य र सुरक्षित छ । यसमा प्रयोग भएको इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिन्छ,' उनले लेखेका छन्, 'यो सेवा ग्रुप च्याटमा पनि उपलब्ध छ । हामीले गत वर्षदेखि इन्ड-टु-इन्ड इन्क्रिप्टेड ब्याकअप पनि सुरु गरेका छौं । यी फिचर आईमेसेजमा छैन ।'

मेटा र एप्पलबीच लामो समयदेखि विवाद चलिरहेको छ । विशेषगरी मेटाले साना कम्पनीहरूलाई व्यवसाय गर्नका लागि एप्पलबाट बाधा आइरहेको  आरोप लगाउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १६:५७