काठमाडौं । अहिले गुगलले सबै युट्युबका प्रिमियम फ्यामली प्लानका सब्सक्राइबरहरूलाई एउटा ईमेल पठाइरहेको छ । युट्युब प्रिमियम फ्यामिली प्लानका सब्सक्रिब्सनको शुल्क ५ डलरले वृद्धि भएको सूचना सहित कम्पनीले उक्त मेल प्रयोगकर्ताहरूलाई पठाइरहेको छ । अब प्रयोगकर्ताले २२.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्नेछ ।
कम्पनीका अनुसार नयाँ शुल्क नोभेम्बर २१ देखि लागू हुनेछ । यसअघि प्रयोगकर्ताले युट्युब प्रिमियम फ्यामिली प्लानको लागि १७.९९ डलर शुल्क तिर्दै आएको थियो ।
यो सब्सक्रिप्सनमा प्रयोगकर्ताले दुईओटा युजर अकाउन्ट प्रयोग गर्न सक्छन् । दुई फरक-फरक प्रयोगकर्ताले सब्क्रिप्सन लिनुभन्दा प्रिमियम फ्यामिली प्लान सब्सक्राइब गर्दा प्रयोगकर्तालाई फाइदा थियो ।
एकजना प्रयोगकर्ताको लागि मात्र प्रिमियम सेवा सब्स्क्राइब गर्दा ११.९९ डलर शुल्क तिर्नुपर्छ । यसरी दुई प्रयोगकर्ताको लागि फ्यामिली प्लान सब्सक्राइब गर्दा प्रयोगकर्ताको करिब ७ डलरको हाराहारीमा बचत हुन्छ । अब भने गुगलले यो रकम बढाएको छ ।
युट्युबको प्रिमियम भर्सनमा बिना विज्ञापन भिडिओ हेर्न मिल्ने, अफलाइनमा पनि भिडिओ हेर्न मिल्ने, युट्युब म्युजिक प्रयोग गर्न सकिने, ब्याकग्राउन्डमा भिडिओ चलाउन मिल्ने लगायतका फिचर उपलब्ध छन् ।