सिद्धार्थ बैंकको तिहार अफर, ५०० रुपैयाँको अनलाइन कारोबारमा ४०० रुपैयाँ क्याशब्याक
कात्तिक ५, २०७९ १९:५२
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहार अफर ल्याएको छ ।
यसअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकमको पीओएस वा अनलाइन कारोबार गर्दा चार सय रुपैयाँ क्याशब्याक पाउने भएका छन् ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो अफर ल्याएको बैंकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ १९:५२
