close

रेड्मी नोट १२ सिरिज भोलि सार्वजनिक हुँदै, प्रो प्लस मोडेलमा २०० मेगापिक्सेलको क्यामेरा

टेकपाना टेकपाना

कात्तिक ९, २०७९ १२:३२

रेड्मी नोट १२ सिरिज भोलि सार्वजनिक हुँदै, प्रो प्लस मोडेलमा २०० मेगापिक्सेलको क्यामेरा

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो रेड्मी नोट १२ सिरिज भोलि बिहीबार सार्वजनिक गर्दैछ । तीन ओटा मोडेलमा सार्वजनिक हुने अपेक्षा गरिएको रेड्मी नोट १२ सिरिजका विभिन्न जानकारी बाहिर आएका छन् ।

रेड्मी नोट १२ प्रो प्लसमा भने सामसङको नयाँ २०० मेगापिक्सेलको आईसोसेल एचपिएक्स (ISOCELL HPX) क्यामेरा सेन्सर प्रयोग भएको छ । यो सेन्सर २०२२ को सुरुवातमा घोषणा गरिएको थियो ।

आईसोसेल एचपीएक्स मा १/१.४ इन्चको सेन्सर साइज, १६-टु-१ (16-to-1) पिक्सेल बाइनिङ र क्यूपीडू अटोफोकस समावेश छ । बाइडिफल्ट तस्वीरहरू १२.५ मेगापिक्सेल रेजोलुसनमा सेट हुनेछन्, जसमा २.४ माइक्रोमिटर पिच रहेको छ ।

त्यस्तै यसबाट १.१२ माइक्रोमिटर पिक्सेल सहितको ५० मेगापिक्सेल शट लिन सकिनेछ । यसैगरी ०.५६ माइक्रोमिटर पिक्सेल सहित २०० मेगापिक्सेलको तस्बिर खिच्न सकिनेछ ।

यस सेन्सरमा १४ बिट कलर डेफ्ट, एचडीआर समावेश छ । जसका माध्यमबाट ३० एफपीएस एट के भिडिओ र १२० एफपीएस फोरके भिडिओ रेकर्ड गर्न सकिनेछ ।

साओमीले पिङ्क ग्यालेक्सी र ब्लु कलरका रेड्मी नोट १२ प्रोको तस्बिर सार्वजनिक गरेको छ । जसको दुवै मोडेलमा एजी मेट ग्लास प्रयोग गरिएको छ । रेड्मी नोट १२ सिरिजमा मिडियाटेकको डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

चीनमा हुने साे कार्यक्रममा साओमी बुक एयर १३ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यो अल्ट्रापोर्टेबल नोटबुकका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । यसको छेउ निकै स्लिम हुने र एउटा यूएसबी-सी पोर्ट सपोर्ट हुने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०७९ १४:४१