close

यी हुन् आईओएस १६.१ मा आएका महत्त्वपूर्ण ७ फिचर

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ ११:१२

यी हुन् आईओएस १६.१ मा आएका महत्त्वपूर्ण ७ फिचर

काठमाडौं । एप्पलले हालै सार्वजनिक गरेको आईओएस १६ को पहिलो अपडेटेड भर्सन आईओएस १६.१ सार्वजनिक गरेको छ । अपडेटसँगै कम्पनीले यसमा विभिन्न फिचर थप गरेको छ ।

आईक्लाउड फोटो शेयरिङ फिचरदेखि थर्ड पार्टी एपका लागि लाइभ एक्टिभिटीसम्मका फिचर यो अपडेटमा उपलब्ध छन् । साथै आईओएस १६ मा देखिएका बग (सुरक्षा कमजोरी)हरू यो अपडेटमा समाधान भएर आएका छन् । 

 आईओएस १६.१ मा थप भएका फिचरहरू 

१. आईक्लाउड फोटो शेयर 

नयाँ अपडेटसँगै अब आईफोन प्रयोगकर्ताले एक-अर्काबीच फोटोज एपमार्फत नै फोटो शेयर गर्न सक्नेछन् । यसमा नयाँ लाइब्रेरी क्रियट गरेर पाँच जनासम्म प्रयोगकर्तालाई एड गर्न सकिन्छ ।

एड भएका पाँच जनाले उक्त लाइब्रेरीमा फोटो शेयर गर्ने, डिलिट गर्ने लगायत अन्य एडिटिङ फिचरहरु प्रयोग गर्न सक्नेछन् । 

 २. थर्ड पार्टी एपका लागि लाइभ एक्टिभिटी

अब थर्ड पार्टी एपहरूका लागि पनि एपस्टोरमा लाइभ एक्टिभिटी थप गरिएको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो लकस्क्रिन अथवा डाइनामिक आईल्यान्डमा अन्य थर्ड पार्टी एपहरुको लाइभ एक्टिभिटी वा वास्तविक समयमा उक्त एपमा भइरहेको गतिविधिहरू हेर्न सकिनेछ ।

यदि तपाईंले कुनै राइड अर्डर गर्नुभयो भने उक्त राइडको रियल टाइम जानकारी तपाईंले मोबाइलको लकस्क्रिनमा पनि देख्न सक्नुहुनेछ ।

यसअन्तर्गत कम्पनीले स्लोप्स, फ्लाइटी, ल्याण्डस्केप, फरेस्ट, क्यारोट वेदर, लुमी, क्रोउसन, पेसस्टल, लिफ्टिन, फुटमोब, कार्ड पोइन्टर, जस्ट प्रेस रेकर्ड, स्टक्चर्ड डेली प्लानर, पोस्चर पल, मनी कोच, क्याल्जी, स्मार्ट जिम, स्टिकी टाइमर, टिभी रिमोट, सब्जेक्ट, काउब्वाई-इलेक्ट्रिक बाइक जस्ता एपहरूलाई लाईभ एक्टिभिटीका लागि अनुमति दिएको छ ।

यी विविध एपका फिचरहरू लक स्क्रिन र डाइनामिक आइल्याण्डमा हेर्न सकिन्छ । त्यसका लागि आईओएसको नयाँ अपडेट आईओएस १६.१ अपडेट गर्नुपर्ने हुन्छ ।

 ३. क्लिन इनर्जी चार्जिङ 

सबैभन्दा चर्चामा आएको आईओएसको फिचर हो, क्लिन इनर्जी चार्जिङ फिचर । यो फिचरले शुन्य उत्सर्जनलाई सहयोग गर्ने कम्पनीको भनाइ छ ।

यद्यपि यो फिचर सुरुवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । 

 

४. एप्पल वाचबिना एप्पल फिटनेस प्लस 

अब आईफोन प्रयोगकर्ताले एप्पल वाच बिना नै एप्पलको सबैभन्दा धेरै रुचाइएको ‘फिटनेस प्लस’ फिचर प्रयोग गर्न पाउने भएका छन् । यो फिचर प्रयोगकर्ताले आईओएस १६.१, आईप्याडओएस १६.१ र टिभी ओएस १६.१ मा प्रयोग गर्न सक्नेछन् ।

यसअघि एप्पल वाचबिना प्रयोगकर्ताले आफ्नो स्वास्थ्य स्थितिलाई ट्रयाक गर्न सक्दैन थिए । अब भने एप्पल वाचबिना पनि यो फिचर प्रयोग गर्न सकिने भएको छ ।

सन् २०२० को डिसेम्बर मा सार्वजनिक भएको यो फिचरमा ३००० भन्दा बढी व्यायाम तथा मेडिटेसनका भिडिओ लगायत अन्य फिचरहरू छन् । यो फिचर २१ देशका लागि मात्र सशुल्क रूपमा उपलब्ध छ । 

 

५. होम एपमा म्याटर एक्सेसरिज 

होम डिभाइसहरूलाई कनेक्ट गर्न आईओएस १६.१ मा म्याटर फिचर उपलब्ध हुने भएको छ । यसले विभिन्न प्लेटफर्मका होम एक्सेसरिजमा काम गर्न सहयोग गर्छ ।

यो फिचर एप्पलको होमकिटसँगै अमेजनको एलेक्जा र गुगलको होमकिटमा प्रयोग गर्न सकिन्छ ।

 

६. एक हातले प्रयोग गर्न सकिने 

आईफोन १४ प्रोको मोडेलहरूमा उपलब्ध डाइनामिक आईल्यान्डमा एक हातले नै मोबाइल प्रयोग गर्न मिल्ने गरी रिचेबिलिटी फिचर थप गरिएको छ ।

यो फिचर इनेबल गरेपछि प्रयोगकर्ताले स्क्रिनमा सहजै एक हातले नै मोबाइल प्रयोग गर्न सक्नेछन् ।

 

७. स्टाटसबारमा ब्याट्री पर्सेन्ट

आईफोनका कतिपय माेडेलमा ब्याट्री प्रतिशत देखाइएको थिएन, विशेषगरी आईफोन १२ मिनी र आईफोन १३ मिनीमा ।

नयाँ अपडेटसँगै अब भने आईफोनमा हरेक डिभाइसमा ब्याट्री प्रतिशत हेर्न सकिने भएको छ । एप्पलले स्क्रिन आकर्षक देखाउन ब्याट्री पर्सेन्टलाई स्टेटस बारमा समायोजन गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ ११:१२