close

विश्व किर्तिमान राखेको बिजुली कार 'हुन्डाई कोना'

टेकपाना टेकपाना

कात्तिक ११, २०७९ ८:८

काठमाडौं । नेपाली बजारमा हुन्डाई कोनाको फेसलिफ्ट भर्सन रुचाइएको विद्युतीय कार हो । नेपालमा विगत दुई वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक कार यो पटक फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको कम्पनीले‍ जनाएको छ ।

कोनामा इन्टेरियर तथा एक्सटेरियरमा धेरै ओटा अपग्रेडसहित नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएको कम्पनीको भनाइ छ । नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि(सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर उपलब्ध छन् ।

एक्सटेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ भने कोना इलेक्ट्रिकलाई एक पटकको फुल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाई इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले बताएको छ । कोनामा रहेको आठ इन्चको टचस्क्रिनयुक्त भिजुअल नेभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्चस्तरीय बनाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०७९ ८:८