close

आम्दानी गर्दै पढ्न चाहने विद्यार्थीका लागि उत्कृष्ट ५ फ्रिल्यान्सिङ वेबसाइट

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १५:२६

आम्दानी गर्दै पढ्न चाहने विद्यार्थीका लागि उत्कृष्ट ५ फ्रिल्यान्सिङ वेबसाइट

काठमाडाैं । प्रविधिको जमानामा विद्यार्थी पढ्दै कमाउन सक्छन । यसका लागि अनलाइनमा विभिन्न विकल्प छन् । नेपालमा पनि सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ तयार पारेकाे छ ।

आफ्नो पढाइमा असर नपुग्ने गरी घरमै बसेर विभिन्न काम गर्नसक्ने विकल्प विद्यार्थीसामु छ । यसका लागि निश्चित सीप भने चाहिन्छ । अहिले साधारण कामदेखि विभिन्न विशिष्टिकृत काम अनलाइनबाटै लिन सकिन्छ ।

आज हामी फ्रिल्यान्सिङ काम गरेर विद्यार्थीले कसरी कमाउन सक्छन् भन्ने विषयमा चर्चा गर्दैछौं । 

के हाे ‘फ्रिल्यान्सिङ’ ?

कुनै निश्चित ठाउँ वा कार्यालयमा नगई घरमै बसेर आफ्नाे तरिकाले काम गर्नु फ्रिल्यान्सिङ हाे । धेरै व्यक्तिले आफ्नाे स्वतन्त्रताका लागि फ्रिल्यान्सिङ राेज्‍ने गर्छन् । पछिल्लाे समय ‘रिमाेट वर्क’काे संस्कृति विकास हुँदै गइरहेकाे छ । यही संस्कृतिकाे एक हिस्सा हाे, फ्रिल्यान्सिङ । 

फ्रिल्यान्सिङ प्लेटफर्म अपवर्कले गरेकाे एक अध्ययनअनुसार अमेरिकामा फ्रिल्यान्सरले औसतमा प्रति घण्टा १९ डलर कमाइ गर्छन् । त्यस्तै अर्काे अध्ययनअनुसार वेब तथा माेबाइल डेभलपमेन्ट, मार्केटिङ, अकाउन्टिङकाे काम गरेरमात्रै औसतमा प्रतिघण्टा ७५ डलरसम्म कमाइ हुने गरेकाे छ ।

पछिल्लाे समय नेपालमा पनि फ्रिल्यान्सिङ गर्नेहरुकाे संख्या बढिरहेकाे देख्‍न सकिन्छ । फ्रिल्यान्सिङका लागि विभिन्न प्लेटफर्महरु उपलब्ध छन् । यस्ता प्लेटफर्मबाट कमाएकाे पैसा नेपालमा भित्र्याउन पेयाेनियर, पेपल जस्ता विभिन्न विधि छन् ।

अपवर्कले भने तपाईंकाे बैंकमा सिधैं रकम पठाउने गर्छ । नेपालमा फ्रिल्यान्सर र कम्पनीलाई जोड्ने प्लेटफर्म वकहब एक प्रतिनिधिका अनुसार नेपालमा कमाइका हिसाबले करकाे पैसा कट्टि हुने गर्छ । 

आज हामी विद्यार्थीले पढाइसँगै फ्रिल्यान्सिङ गर्ने उत्कृष्ट ५ प्लेटफर्मबारे जानकारी दिँदै छाैँ ।

१. अपवर्क

अमेरिकामा मुख्यालय रहेको याे एक फ्रिल्यान्सिङ प्लेटफर्म हो । यस प्लेटफर्मकाे नाम सन् २०१५ मा इल्यान्स ओडेस्क रहेकाे थियाे । सन् २०१३ मा इल्यान्स र ओडेस्क कम्पनी मर्ज भएर अपवर्क बनेकाे हाे ।  यस प्लेटफर्ममा हामीले सीप अनुसारका काम पाउन सक्छाैँ । त्यस्तै आफूले अरुलाई काम दिन सक्छाैँ । यस प्लेटफर्मकाे माध्यमबाट काम पाउन सुरुमा यसकाे वेबसाइट जानुहाेस् ।

त्यसपछि दायाँमाथि रहेकाे साइन अपमा क्लिक गर्नुहाेस् । त्यहाँ तपाईंलाई काम गर्ने कि काम दिने भन्ने विकल्प दिइएकाे हुन्छ । जसमा सबैभन्दा माथि रहेकाे ‘आई एम अ क्लाइन्ट, हायरिङ फर अ प्राेजेक्ट’ अप्सनमा क्लिक गर्नुहाेस् । त्यसपछि आवश्यक विवरण भर्नुहाेस् ।

अब तपाईंले आफ्नाे काम, लिने शुल्क र आफ्नाे विवरण लगायतका कुरा उल्लेख गर्नुपर्छ । यस प्लेटफर्ममा तपाईंका विवरण भरिसकेपछि विभिन्न कामहरु देखिन्छ । त्यहाँ तपाईंले कुनै पनि काममा क्लिक गर्नुहुँदा काम दिने व्यक्तिले यस अगाडि कति काम गराएकाे थियाे, कति पैसा खर्च गरेकाे थियाे जस्ता विवरण देख्‍न सक्नुहुनेछ । ती काममध्ये तपाईंले गर्न सक्नेमा प्रस्ताव पठाउनुहाेस् ।

यसका लागि काममा क्लिक गर्नु भएपछि माथि दायाँपट्टि ‘सेन्ड अ प्रपाेजल’ देखिन्छ । त्यसमा तपाईंले काम कति समयमा सक्नुहुन्छ वा एकैपटक कति काम सक्नुहुन्छ भन्ने अप्सन छानी एक कभर लेटर लेखेर पठाउनुपर्ने हुन्छ । 

तपाईंकाे उक्त प्रस्ताव काम गराउने व्यक्तिलाई मन परे मेल पठाउनेछ । यस प्लेटफर्ममा ग्राहकले पाउने रकममध्ये पाँचदेखि २० प्रतिशतसम्म अपवर्कले लिने गर्छ ।

 

२. फाइभर

यस प्लेटफर्मलाई सन् २०१० मा माइका काफ्म्यान र शाई विनिङगरले स्थापना गरेका थिए । हाल यसकाे प्रधान कार्यालय इजरायलमा छ । यसमा काम पाउन तपाईंले गिगहरु बनाउनुपर्छ । गिग भनेकाे तपाईंले गर्नसक्ने काम हाे ।  

यसमा काम पाउन सुरूमा वेबसाइटमा जानुहाेस् । (वेबसाइटमा जान यहाँ क्लिक गर्नुहाेस् ।) त्यसपश्चात दायाँमाथि रहेकाे ‘ज्वाइन’ मा क्लिक गर्नुहाेस् । आवश्यक विवरण भर्नुहाेस् । अब तपाईंले राम्राेसँग गर्नसक्ने कामहरुकाे गिग बनाउनुहाेस् ।

यसमा तपाईंले सकेसम्म उत्कृष्ट गिग बनाउन ध्यान दिनुपर्छ । तपाईंले काम पाउने आधार भनेकाे नै गिग हाे । फाइभरले कुनै पनि काम सफल भयाे भने १०० मा २० रुपैयाँ लिने गर्दछ ।

३. फ्रिल्यान्सर

याे एक अष्ट्रेलियाली फ्रिल्यान्स मार्केटप्लेस हो । यसमा राेजगारदाताले आफूले दिने काम पाेस्ट गर्छन् । जहाँ काम गर्ने मान्छेहरुले बिड गर्न सक्छन् । उनीहरुमध्ये जाे उत्कृष्ट छन्, उनलाई नै राेजगारदाताले काम दिन सक्छन् । 

यस प्लेटफर्मकाे स्थापना सन् २००९ मा भएकाे थियाे । हाल यसकाे मुख्यालय सिड्नी अष्ट्रेलियामा रहेकाे छ । याे बाहेक यसकाे कार्यालय भ्यानकुभर, लन्डन, ब्यूनस आयर्स, मनिला र जकार्तामा छ । 

यसमा काम पाउन सुरुमा वेबसाइटमा जानुहाेस् । (वेबसाइटमा जान यहाँ क्लिक गर्नुहाेस् ।) दायाँमाथि रहेकाे साइन अपमा क्लिक गर्नुहाेस् । आवश्यक विवरण भरेपछि अर्काे पेजमा काम दिने वा गर्ने भन्ने विकल्प आउँछ । त्यहाँ तपाईंले ‘I want to work’ मा क्लिक गर्नुहाेस् ।

त्यसपश्चात तपाईंले गर्न सक्ने काम छान्नुहाेस् । अब अर्काे पेजमा तपाईंले आफ्नाे बारेमा लेख्‍नुपर्ने हुन्छ । अब यी सबै काम सम्पन्न गरेपछि तपाईंले काममा बिड गर्न सक्नुहुन्छ । 

काम सम्पन्न भयाे भने यस प्लेटफर्मले १० प्रतिशत आफूले राख्दछ ।

४. टपट्याल

आफ्नाे कुनै ठाउँमा कार्यालय नरहेकाे बताउने यस प्लेटफर्म सन् २०१० बाट सञ्चालनमा आएकाे हाे । यसलाई तासाे डु भाल र ब्रेन्डन बेनेस्कोटले स्थापना गरेका हुन् । विशेषगरी दक्ष जनशक्तिहरुबाट रिमाेट वर्क अर्थात् कुनै कार्यालय नगई कतै बसेर काम गर्ने व्यवस्था गर्न याे प्लेटफर्म सञ्चालनमा आएकाे थियाे । 

यसमा काम गर्नका लागि वेबसाइटमा जानुहाेस् । (वेबसाइटमा जान यहाँ क्लिक गर्नुहाेस् ।) दायाँमाथि ‘अप्लाई एज अ फ्रिल्यान्सर’ मा क्लिक गर्नुहाेस् । यसमा तपाईं सिधैं लिङ्क्डइन नबाट साइपअप गर्न सक्नु हुन्छ । यदि लिङ्क्डइनबाट साइनअप गर्न चाहनुहुन्न भने तपाईं केमा काम गर्न सक्नुहुन्छ त्याे छनाेट गरेर बाँकी विवरण भर्नुहाेस् । 

उता कम्पनी वा राेजगारदाताले काम अपलाेड गरिरहेका हुन्छन् । यदि उनीहरुले पाेस्ट गरेकाे काम तपाईंकाे सीपसँग मिल्छ भने त्यसकाे सूचना तपाईंले पाउनुहुन्छ । हुन त यस प्लेटफर्मले कामका लागि अप्लाई गरेकाहरुमध्ये उत्कृष्ट तीन प्रतिशत फ्रिल्यान्सरलाई मात्र काम दिने गरेकाे छ । तर उनीहरुले राम्राे कमाइ गर्ने कम्पनीकाे दाबी छ ।

 

५. गुरु

यस प्लेटफर्मकाे स्थापना सन् १९९९ मा इन्दर गुगलानीले गरेका थिए । सन् २००४ सम्म यसकाे नाम इमुनलाइटर डट कम रहेकाे थियाे । हाल यसकाे प्रधान कार्यालय अमेरिकामा छ ।

 

यसबाट तपाईंले काम गर्न सुरूमा यहाँ क्लिक गर्नुहाेस् । दायाँभागकाे सबैभन्दा माथि रहेकाे साइन अपमा क्लिक गर्नुहाेस् । आवश्यक विवरण भरेपछि अर्काे पेजमा फ्रिल्यान्सर चयन गर्नुहाेस् । त्यसपछि पासवर्ड सेट गर्नुहाेस् । अब तपाईंले जिमेलमा काेड प्राप्त गर्नुहुने छ । उक्त काेड राखेपछि तपाईंले आफ्नाे बारेमा लेख्नुपर्ने पेज आउँछ । त्यहाँ तपाईंले विवरण भर्नुहाेस् ।

प्राेफाइल सेट भएपछि ‘फाइन्ड जब्स’ मा जानुहाेस् । त्यहाँ तपाईंले विभिन्न कामहरु देख्नुहुन्छ । अब तपाईंले गर्नसक्ने काममा क्लिक गरेर त्यसमा अप्लाई गर्नुहाेस् । राेजगारदाताले तपाईंलाई छान्याे भने मेलमा सूचना पाउनुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १६:१०