close

क्यामेरा लेन्स फेर्न मिल्ने स्मार्टफोन ल्याउँदै साओमी !

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १७:२७

क्यामेरा लेन्स फेर्न मिल्ने स्मार्टफोन ल्याउँदै साओमी !

काठमाडौं । हामीले मोबाइललाई क्यामेराका रूपमा प्रयोग गर्न थालेको धेरै भएको छैन । पछिल्लो समय विभिन्न स्मार्टफोन ब्रान्ड क्यामेरा फिचरमा बढी केन्द्रित भइरहेका छन् । कतिपय कम्पनीले स्मार्टफोनको प्रमुख आकर्षण नै स्मार्टफोनलाई बनाउने गरेका पाइन्छ ।

साओमीले केही साताअघि २०० मेगापिक्सेल सहितको फ्ल्यागशिप फोन सार्वजनिक गरेको थियो । २०० मेगापिक्सेलको क्यामेरा भएको उक्त रेड्मी नोट १२ एक्सप्लोररले झनै चर्चा पाएको थियो । यी फोनको तुलना त डिएसएलआर क्यामेरासँग गर्न सकिँदैन ।

फोनमा जतिसुकै सेन्सरको क्यामेरा भएपनि त्यसको तुलना डीएसएलआरसँग गर्नु अनुचित नै हुन्छ । कुनै दिन डीएसएलआर क्यामेराले जस्तो फोनबाटै फोटो खिच्न सकियो भने के होला ? हामीमध्ये कतिपयले फोनबाटै राम्रा र आकर्षक फोटो खिच्न खोजिरहेका हुन्छौँ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले यस्तो फोन ल्याउन लागेको छ, जसले क्यामेरालाई नै विस्थापित गर्ने विज्ञले बताएका छन् । साओमी १२ एस अल्ट्रामा कम्पनीले लेन्स फेर्न मिल्ने बनाउन लागेको कुराले चर्चा पाएको छ ।

साओमीले ल्याउन लागेको नयाँ फोन साओमी १२ एस अल्ट्रामा पछाडिपट्टि बीच भागमा एक इन्चको सेन्सर र २३ एमएम लेन्स रहनेछ । उक्त क्यामेरामा आवश्यकता अनुसार लेन्स परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इनग्याजेटका चिनियाँ संवाददाताले साओमीले बजारमा ल्याउन लागेको उक्त फोनको प्रोमो ट्वीटरमा सार्वजनिक गरेका छन् । उक्त फोनमा लाइट (प्रकाश) बाह्य लेन्स हुँदै आन्तरिक लेन्समा प्रवेश गर्नेछ, जसले गर्दा फोटोको गुणस्तर कम हुने तर्क गरिएकाे छ ।

यसबारे कम्पनीले स्पष्ट रूपमा कुनै जानकारी दिएको छैन । साओमीले विशेषगरी लाइकाको लेन्सले लाइट सोझै सेन्सरमा पुर्‍याउने बताएको छ । त्यसमा जोडिएको लेन्सले १ इन्च मिररलेस क्यामेराको जस्तो काम गर्ने बुझिएको छ । सामान्य मिररलेस क्यामेराभन्दा यो फोन विशेष हुनेछ ।

किनभने यसमा प्रयोग हुने स्न्यापड्रागन एट प्लस जेन वान चिपसेटले अन्य विविध फिचर उपलब्ध गराउनेछ । यसलाई गोजीमा राख्न सकिने क्यामेरा भनेर बुझ्न सकिन्छ । किनभने आवश्यकता नहुँदा लेन्स निकाले छुट्टै राख्न सकिन्छ भने फोनलाई गोजीमा राख्न सकियो ।

यो एन्ड्रोइड क्यामेराभन्दा विल्कुलै फरक हुनेछ । किनभने एन्ड्रोइड क्यामेरामा केही सेटिङमात्र एन्ड्रोइड हुन्छन् । यसमा क्यामेरा र एन्ड्रोइड डिभाइस छुट्टाछुट्टै जोडिने भएकाले युनिक डिभाइस मान्न सकिन्छ । क्यामेरा बाहेक उक्त फोनमा कुन-कुन फिचर हुने भन्ने कुरा कम्पनीले जानकारी दिएको छैन ।

यो लेन्स परिवर्तन गर्ने फिचर कम्पनीले साओमी १२ एस अल्ट्रामा उपलब्ध गराउँछ वा साओमी १३ प्रोमा उपलब्ध हुनेछ भन्ने कुरा स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १७:३३