close

फोल्ड गर्न मिल्ने असुसको आकर्षक ल्यापटप नेपालमा, मूल्य साढे ५ लाख माथि

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ १०:४६

फोल्ड गर्न मिल्ने असुसको आकर्षक ल्यापटप नेपालमा, मूल्य साढे ५ लाख माथि

काठमाडौं, १८ कात्तिक २०७९ । ताइवानी प्रविधि दिग्गज कम्पनी असुसले क्रियटर सिरिज अन्तर्गत दुई ओटा नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ । शुक्रबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै कम्पनीले विशेषगरी क्रियटरहरूका लागि उपयुक्त दुई मोडेलका ल्यापटप सार्वजनिक गरेको हो । 

जसमा फल्यागशिप जेनबुक फोल्ड र जेनबुक प्रो १४ डुओ ओएलईडी रहेका छन् । क्रियटर सिरिजका यी ल्यापटपहरू कन्टेन्ट क्रियटर तथा सिर्जनशील प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएका छन् ।

जेनबुक प्रो १४ डुओ ओलेडको मूल्य तीन लाख ८८ हजार ८८८ रुपैयाँबाट र जेनबुक १७ फोल्ड ओलेडको मूल्य पाँच लाख ५५ हजार ५५५ रुपैयाँबाट सुरु हुन्छ । ​क्रियटर, डिजाइनर, भ्लगर र आर्टिस्टहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यी डिभाइसहरूलाई नवप्रवर्तनात्मक डिजाइन तथा ‘कटिङ-एज’ प्रविधिमा तयार पारिएको छ ।

जुन निकै आकर्षक हुनुका साथै प्रदर्शनमा शक्तिशाली र प्रयोगकर्ताको अनुभवको हिसाबले निकै सहज छन् । कार्यक्रममा असुस नेपालका कन्ट्री हेड लियोन यूले ३० वर्षभन्दा लामो समयदेखि असुसले प्रविधि क्षेत्रमा अनवरत रूपमा मेहनत गर्दै आएको उल्लेख गरे ।

"त्यसै अनुरूप क्रियटर समुदायका लागि पुनः केही नयाँ विशेष सामग्रीको रूपमा जेनबुक लाइनअप पस्किएका छौँ," उनले भने, "हाम्रो सिर्जनात्मक प्रयासमा हुने व्यवधानहरू हटाउने गरी यी ल्यापटपहरू डिजाइन गरिएको छ ।"

जसले अविश्वसनीय प्रर्फर्मेन्स र डिजाइनका साथै आफ्नो समर्पित कार्यक्षत्रमा काम गर्न रुचाउने क्रियटरहरूलाई परिवर्तनशील इकोसिस्टम अनुकूलको सुविधा प्रदान गर्ने उनको भनाई थियो । 

कार्यक्रममा नेपालका लागि असुसका आधिकारिक वितरक नियोटेरिक नेपाल र नागमणी इन्टरनेसनल सम्बद्ध १५० डिलरहरूको सहभागिता समेत रहेको थियो । 

जेनबुक १७ फोल्ड ओएलईडी (UX9702)

जेनबुक १७ फोल्ड ओएलईडीमा १७.३ इन्चको फोल्डेबल ओएलईडी (फोलेड-FOLED) टचस्क्रिन रहेको छ । जुन फोल्ड गर्दा छिनको छिनमै १२.३ इन्चको ठिक्कको ल्यापटप आकारमा परिणत हुन्छ ।

जुन बोकेर हिँड्न निकै सहज छ । यथार्थपरक-कलरका लागि २.५ के स्लिम–बेजल नानो एज डल्बी भिजन स्क्रिनले ‘ब्लु–लाइट’को स्तर न्यूनीकरण गर्ने मामिलामा टीयूभी राइनल्याण्ड मान्यताप्राप्त गरेको छ ।

१२ औं पुस्ताको इन्टेल कोर आई९, आई७ र आई५ प्रोसेसरका साथ उपलब्ध छ । यसमा अलग्याउन मिल्ने असुस इगोरसेन्स ब्लुटुथ किबोर्ड समेत रहेको छ ।

ल्यापटपमा हर्मन कार्डनबाट प्रमाणित चार ओटा स्पिकर सहित डल्बी अटमस अडियो सिस्टम छ । यसमा पाँच मेगापिक्सेलको क्यामेरा युक्त एआई वेबक्यामका साथै फेस लगइनका लागि एचडी आईआर क्यामेरा दिइएको छ ।

यसमा ३२ जीबीसम्मको एलपीडीडीआर५ र्‍याम (clocking 4800MHz) तथा ५१२ जीबी/ १ टीबी पीसीआईई जेन ४..०x४ पर्फर्मेन्स सहितको एसएसडी स्टोरेज पाउन सकिन्छ । 

साथै चार जीबीको एनभिदिया जिफोर्स आरटीएक्स ३०५० टीआई जीपीयू (४) ले थ्रीडी रेन्डरिङ र भिडिओ एडिटिङ जस्ता ग्राफिक्समा आधारित कामलाई निकै सहज बनाउनेछ । 

जेनबुक प्रो १४ डुओ ओएलईडी

इन्टेलको फ्ल्यागशिप सीपीयू र क्रियटर–ग्रेड एनभिदिया जीपीयू युक्त जेनबुक प्रो १४ डुओ ओइलईडीले उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसमा असुसको आइसकुल प्लस ( IceCool Plus) प्रविधि प्रयोग गरिएको छ ।

जसले गर्दा ल्यापटप तात्ने लगायतका समस्या हुने छैनन् । यसमा उपलब्ध एएएस अल्ट्रा संयन्त्रले प्रयोगकर्तालाई भिजुअलमा नयाँ अनुभव प्रदान गर्नेछ । 

स्टुडियो स्तरको भिजुअलका लागि ल्यापटपमा विश्वकै उत्कृष्ट २.८ के ओएलईडी एचडीआर १६ः१० युक्त मुख्य डल्बी भिजन टच स्क्रिन, १२० हर्जको रिफ्रेश रेट, प्यानटोन (PANTONE) बाट प्रमाणित कलर एक्युरेसी र ‘सिनेमा-ग्रेड’ १०० प्रतिशत डीसीआई-पी३ ग्यामुट लगायतका फिचर उपलब्ध रहेका छन् ।

यसमा एकदमै अँध्यारा सिनहरूमा समेत ‘अल्ट्रा-रियालिस्टिक’ रेन्डर गर्न सक्ने क्षमता छ । यो मामिलामा ल्यापटपले ‘भेसा डिस्प्ले एचडीआर ट्रु ब्ल्याक ५००’ प्रमाणिकरण प्राप्त गरेको छ । 

मिल-एसटीडी ८१० एच सर्टिफाइड यो प्रिमियम नोटबुकको टिकाउ बडी म्याग्नेसियम-आल्मुनियमबाट बनेको छ । १.७ केजी तौल रहेको यो ल्यापटप १७.९ एमएम पातलो छ । 

नयाँ असुस जेनबुक प्रो १७ डुओ ओएलईडीमा ‘नेक्स्ट-जेनेरेसन’ स्क्रिन प्याड फिचरसहितका दुई ओटा शक्तिशाली तथा कम्प्याक्ट स्क्रिन रहेका छन् । 

यसपटक कम्पनीले उत्पादकत्वमा केन्द्रित बृहत् प्रयोगकर्ता समूहमा केन्द्रित भएर इन्टेल आइरिस एक्सई ग्राफिक्स तथा इन्टेल इभो सर्टिफिकेसन भेरियन्ट समेत ल्याएको छ । 

एक्सेसिबिलिटी र सुविधाको कुरा गर्ने हो भने एसुस जेनबुक प्रो १४ डुओ एएलईडीमा चार ओटा थन्डरबोल्ट पोर्ट (४०जीबीपीएस डेटा, १०० वाट पावर र फोरके एक्सटर्नल डिस्प्ले), यूएसबी ३.२ जेन २ (टाइप-ए), एचडीएमआई २.१, माइक्रोएसडी एक्सप्रेस ७.० र ३.५ एमएम कम्बो अडियो ज्याक सहित आएको छ ।

असुस जेनबुक प्रो १४ डुओमा १८० वाट फास्ट चार्जिङसहितको ७६ वाट आवरको ठूलो ब्याट्री राखिएको छ । यसमा प्रोआर्ट क्रियटर हब सफ्टवेयर फिचर समेत समावेश छ, यो टुल खासगरी सिस्टम सेटिङ अप्टिमाइज गर्न, सँगै कनेक्ट गरिएका मनिटरमा सहजतापूर्वक काम गर्न र मुख्य एपहरूमा तत्काल पहुँच बनाउन सहयोग गर्दछ । 

असुस मदरबोर्ड, पीसी, मनिटर, ग्राफिक्स कार्ड र राउटरका लागि विश्वकै प्रसिद्ध बहुराष्ट्रिय कम्पनी हो । कम्पनीले इनोभेटिभ, प्रयोगमा सहज उपकरण उत्पादन तथा सेवाको अनुभवमार्फत मानिसको जिवन यापनमा सहजता प्रदान गर्दै आएको छ ।

अनुसन्धान र विकास (आर एण्ड डी) मा पाँच हजारभन्दा बढी अनुभवी विशेषज्ञहरूको टिमले भविष्यका मागहरू सम्बोधन गर्दै आजका दिनमा प्रोडक्ट डिजाइन गर्दै आएका छन् ।

जसले गर्दा कम्पनीले सन् २०१९ मा गुणस्तर, इनोभेसन र डिजाइनमा अनेकौँ अवार्ड पारेको छ । साथै असुस फर्च्युनको विश्वमा सबैभन्दा प्रसंसित कम्पनीको सूचीमा समेत समावेश छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १०:५०