close

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १६:१०

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० मध्येका बिजनेस लिडरका रुपमा सम्मानित भएका छन् ।

'सीईओ इनसाइट्स एसिया'ले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका पेशेवर र विचारशील नेतृत्वलाई यो सम्मान दिँदै आएको छ ।

नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

उनी अध्यक्ष रहेको डिजिटल होम इन्टरनेसनलले सेटअप बक्सका साथै डीटीएच होम अप्लायन्स पनि उत्पादन तथा बिक्री वितरण गर्न सुरु गरेको छ भने उनकै अध्यक्षतामा कामना सेवा विकास बैँकले देशभर १३१ शाखा विस्तार गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १८:१२