close

अब आईएमईआई नम्बर दर्ता नभएका मोबाइलमा स्वतः एसएमएस अलर्ट आउने

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १३:१८

अब आईएमईआई नम्बर दर्ता नभएका मोबाइलमा स्वतः एसएमएस अलर्ट आउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता नगरी प्रयोगमा आइरहेका मोबाइल फोनमा स्वतः एसएमएस अलर्ट पठाउने भएको छ । गत भदौ ३० देखि कार्यान्वयनमा आएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अन्तर्गत प्राधिकरणले आईएमई दर्ता नभएका मोबाइलमा स्वतः एसएमएस पठाउने तयारी गरेको हो ।

यसका लागि इक्विपमेन्ट आइडेन्टी रजिस्टर (ईआईआर) प्रणाली कार्यान्व्यनमा ल्याउन लागेको प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले जानकारी दिए । ''हाल हामीले आईएमआई दर्ता नभएका फोनमा म्यानुअल्ली एसएमएस पठाउने गरेकोमा नयाँ प्रणालीले स्वतः एसएमएस पठाउँछ,'' उनले भने ।

उनका अनुसार एमडीएमएसको सफ्ट लञ्चपछि अन भएका वा प्रयोगमा आएका फोनमा सिस्टमले नै आईएमईआई दर्ता गर्न अनुरोध गर्नेछ । यसबाट अनधिकृत रूपमा नेपाल भित्रिएका मोबाइल एमडीएमएसको सम्पर्कमा जोडिने उनले बताए ।

त्यस्तै चोरी वा हराएका मोबाइललाई हालसम्म म्यानुअल्ली ब्लक गर्ने काम भइरहेकोमा अब यो सेवा पनि एमडीएमएसमार्फत सुरू गर्ने तयारी भएको उनले जानकारी दिए । 

याे पनि पढ्नुहाेस्: कतै तपाईँसँग भएको वा बजारबाट खरिद गर्न चाहेको मोबाइल अवैध त होइन ? थाहा पाउन यसो गर्नुहोस्

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १३:३५