close

एक्सेलमा नयाँ अपडेट ल्याउँदै माइक्रोसफ्ट, अब सजिलै सेलमा तस्वीर राख्न सकिने

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ ११:२९

एक्सेलमा नयाँ अपडेट ल्याउँदै माइक्रोसफ्ट, अब सजिलै सेलमा तस्वीर राख्न सकिने

काठमाडौं । माइक्रोसफ्ट एक्सेलमा चाँडै नै उल्लेखनीय परिवर्तन देख्न सकिने भएको छ । यो नयाँ अपडेट पश्चात स्प्रेडशिट सफ्टवेयरले सेलमा सोझै तस्वीर राख्ने अनुमति दिनेछ । 

यसअघि शिट माथि मात्रै तस्वीर अपलोड गर्न सकिने सुविधा थियो । माइक्रोसफ्टले अब एक्सेल सिट थप 'पर्सनलाइज्ड' र 'कस्टमाइजेबल' हुने बताएको छ । 

जसमा प्रयोगकर्ताले सेललाई सार्न तथा रिसाइज गर्न, शर्ट तथ फिल्टर र एक्सेल टेबलमा तस्वीरमा काम गर्न सकिने उल्लेख छ । यद्यपि व्यवहारिक रूपमा नयाँ फिचर 'विकासकै क्रम'मा रहेकाले यसले कसरी काम गर्नेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । 

नयाँ अपडेट डिसेम्बर २०२२ भित्र सबैका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । सार्वजनिक भएपश्चात यो फिचर डेस्कटप, वेब, म्याक र एन्ड्रोइडका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने माइक्रोसफ्टले जनाएको छ । 

यसले 'हाइब्रिड वर्किङ' (अनलाइन तथा भर्चुअल र भौतिक उपस्थिति दुवै मोडलमा काम गर्ने तरिका) को अहिलेको समयमा अनलाइनमा सँगसँगै काम गर्न प्रोत्साहन गर्नेछ । हालै कम्पनीले प्रयोगकर्ताबीचको सहकार्यलाई सहज बनाउन एक्सेलमा 'मेन्सन्स' (@mentions) रोलआउट गर्न लागेको बताएको थियो । 

मेन्सन्सले प्रयोगकर्तालाई आफ्ना सहकर्मीलाई  ट्याग गर्ने सुविधा दिन्छ । यस्तो ट्यागमा एडिट, थप जानकारी राख्न अथवा निश्चित भागमा स्पष्टता कायम गर्नका लागि अनुरोध गर्न सकिनेछ । 

यति मात्र नभएर 'वर्कबुक' भित्र टास्क सिर्जना गर्न, जिम्मेवारी तोक्न र ट्र्याक गर्न समेत यसलाई प्रयोग गर्न सकिनेछ ।  

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ ११:२९