close

विन्डोज ११ मा गेमिङ समस्या, अर्को सूचना नआएसम्म नयाँ अपडेट इन्स्टल नगर्न आग्रह

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १२:११

विन्डोज ११ मा गेमिङ समस्या, अर्को सूचना नआएसम्म नयाँ अपडेट इन्स्टल नगर्न आग्रह

काठमाडौं । विन्डोज ११ मा उपलब्ध पछिल्लो अपडेटमा गेमिङ समस्या भएको माइक्रोसफ्टले पुष्टि गरेको छ । विशेषगरी केही गेमको पर्फमेन्समा समस्या आइरहेको माइक्रोसफ्टले जानकारी दिएको छ ।

गेमिङ पर्फमेन्समा समस्या भएपछि माइक्रोसफ्टले २२ एचटु अपडेट स्थगित गरेको छ । यद्यपि नयाँ अपडेट म्यानुअल रूपमा भने अपडेट गर्न सकिनेछ । यदि तपाईँले अहिलेसम्म पनि पछिल्लो अपडेट इन्स्टल गर्नु भएको छैन भने केही समय पर्खन माइक्रोसफ्टले अनुरोध गरेको छ । अर्को नोटिफिकेसन नआएसम्म नयाँ अपडेट इन्स्टल नगर्न माइक्रोसफ्टले आग्रह गरेको छ । 

माइक्रोसफ्टका अनुसार एप र गेमिङमा भएको उक्त समस्या सम्बन्धित गेम वा एपको अपडेटबाट मात्र समाधान हुन्छ । यदि डेभलपरले एपका लागि जीपीयू डिबगिङ बन्द गरेका छन् भने यो समस्या समाधान हुन्छ । यसको दीर्घकालीन समाधानका लागि माइक्रोसफ्टले भने काम गरिरहेको छ ।

विन्डोज ११ को २२ एचटु अपडेट अक्टोबर ४ उपलब्ध गराइएको थियो । अपडेट सार्वजनिक भएको महिनौँसम्म पनि विन्डोज ११ को पर्फमेन्समा समस्या आइरहेको छ । यो समस्या समाधानका लागि माइक्रोसफ्ट सक्रिय रूपमा लागेको छ । 

 

त्यसैले पछिल्लो सूचना नआएसम्म विन्डोज ११ सम्बन्धी आएका कुनै पनि अपडेट इन्स्टल नगर्न सुझाव दिइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १२:११