close

स्किल सेवाको एप सार्वजनिक, एपबाटै बहाल सम्झौता बनाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ १२:३५

स्किल सेवाको एप सार्वजनिक, एपबाटै बहाल सम्झौता बनाउन सकिने

काठमाडौं । घर, अफिस, होटेल तथा अन्य संस्थाका लागि अनलाइन मार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्किल सेवाले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । विगतमा वेबसाइटबाट सेवा दिँदै कम्पनीले प्रयोगकर्तालाई सहज हुने गरी एप ल्याएको हो ।

हाल बेटा भर्सन (परीक्षणकै क्रममा रहेको) मा उपलब्ध यो एपमा नयाँ सेवाहरू थप गरिएको कम्पनीले जनाएको छ । घर तथा कार्यालय मर्मतका लागि सेवा उपलब्ध गराउने सेवा प्रदायक र सेवा लिन चाहने सेवाग्राहीका लागि कम्पनीले छुट्टाछुट्टै एप तयार पारेको छ ।

स्किल सेवाको 'सेवा एप'मा विशेषगरी घरबेटी कन्ट्रयाक्ट तथा घरभाडा बुझाएको विवरण राख्न मिल्ने सुविधा रहेको छ । एप प्रयोग गर्दा वडा वा नगरपालिकाका सूचनाहरू नोटिफिकेसनका रूपमा हेर्न सकिने सुविधा समेत रहेको कम्पनीको भनाइ छ । "एपको माध्यमबाट ३० ओटा भन्दा बढी सेवा बारे जानकारी लिन सकिने, हरेक दिन घर सम्बन्धी जानकारी, निःशुल्क घरबहाल सम्झौता पत्र बनाउन सकिने, निःशुल्क घरभाडा व्यवस्थापन गर्न सकिनेछ," कम्पनी सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरी सेवा एप डाउनलोड गर्न सक्नेछन् । स्किल सेवामार्फत मर्मत तथा परामर्श सेवा दिन चाहने सेवा प्रदायकले यहाँ क्लिक गरी एप डाउनलोड गर्न सक्नेछन् । 'सेवा एप' आईओएस एप स्टोरमा उपलब्ध हुन भने केही साता लाग्ने कम्पनीले बताएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १२:४६