close

ग्राफिक डिजाइन, भीएफएक्स र थ्रीडी एनिमेसन विषयमा अनलाइन तालिम दिँदै नियोस्फेयर

टेकपाना टेकपाना

मंसिर १, २०७९ ८:६

ग्राफिक डिजाइन, भीएफएक्स र थ्रीडी एनिमेसन विषयमा अनलाइन तालिम दिँदै नियोस्फेयर

काठमाडौं । विभिन्न विषयमा आईटी तालिम उपलब्ध गराउँदै आएको नियोस्फेयर नामक कम्पनीले अनलाइनमार्फत ग्राफिक डिजाइन, भीएफएक्स र थ्रीडी एनिमेसनको कक्षा सञ्चालन गर्ने भएको छ ।

भौतिक रुपमा कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूलाई ध्यानमा राख्दै संस्थाले पहिलोपटक 'मिडनाइट अनलाइन क्लास' सञ्चालन गर्न लागेको हो । यो कक्षा राति ९ बजेपछि सञ्चालन हुने नियोस्फेयरका सेन्टर हेड दिपेन्द्र ढकालले जानकारी दिए ।

"कति मानिसहरू सिक्न चाहन्छन्, तर समय हुँदैन," उनले भने, "जागिरमा जानुपर्ने अथवा उपत्यका बाहिर बस्ने लगायतका कारणले धेरैले कक्षामा सहभागी हुन नपाएको गुनासो गरे । साथै विदेशमा रहेका नेपालीहरूले पनि माग गरेपछि हामीले रातिको समयमा कक्षा सञ्चालन गर्न लागेका हाैं," उनले भने ।

कक्षाको समयतालिका र आवेदन दिने प्रक्रियाको विषय चाँडै टुंगो लाग्ने उनले बताए । त्यस्तै तालिम  शुल्क भौतिक कक्षाको तुलनामा केही कम हुने उनले उल्लेख गरे ।
 

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ ८:६