close

रेड्मी १०ए को मूल्य घट्यो

टेकपाना टेकपाना

मंसिर १, २०७९ १७:५१

रेड्मी १०ए को मूल्य घट्यो

काठमाडौं । साओमीले नेपाली बजरमा रेड्मी १०ए को मूल्य ७०० रुपैयाँले घटाएको छ । कम्पनीले यो मोडेलको फोनमा विन्टर अफर ल्याई मूल्य घटाएको हो ।

६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यो इन्ट्री–लेभल स्मार्टफोनमा रहेको थ्रीडी कर्भ्ड ब्याकले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ क्यामेरा सेन्सर रहेको छ भने सेल्फी क्यामेरा ५ मेगापिक्सेलकाे रहेको छ ।

रेड्मी १०ए मा पावरअपको लागि मेडियाटेक हेलियो जी२५ ले प्रोसेसर जडित छ, जुन २ गिगाहर्जसम्मको क्षमता रहेको अक्टाकोर सीपीयू हो ।

यसमा १० वाट चार्जिङ एडाप्टरसँगै ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ग्राहकले ३ जीबी/६४ जीबी भेरियन्ट माेडेलको मूल्य १५ हजार २९९ रुपैयाँ र ४/१२८ जीबीको मूल्य १७ हजार २९९ रुपैयाँमा यो फोन खरिद गर्न सक्नेछन् ।

यो अफर कात्तिक ३० देखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १७:५१