close

बक्यौता तिर्न सेवा प्रदायकलाई विद्युत प्राधिकरणको एक महिने समयावधि

टेकपाना टेकपाना

मंसिर ६, २०७९ ९:१७

बक्यौता तिर्न सेवा प्रदायकलाई विद्युत प्राधिकरणको एक महिने समयावधि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी दूरसञ्चार तथा इन्टरनेट सेवा उपलब्ध गराउने सेवा प्रदायकहरूलाई प्राधिकरणसँग सम्झौता गर्न तथा सम्झौता नवीकरण गर्नको लागि आग्रह गरिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आफ्ना संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट, केबल टिभी लगायतका सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकलाई सम्झौताको लागि आग्रह गरेको हो । 

साथै प्राधिकरणले सम्झौता गर्न, सम्झौता नवीकरण गर्न र हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नको लागि पनि सेवा प्रदायक कम्पनीहरूलाई सूचित गरेको छ ।

प्राधिकरणले पुस ७ गतेभित्र सम्झौता गरी बक्यौता रकम तिर्नको लागि ताकेता गरेको छ । तोकिएको समयावधिभित्र सम्झौता नगर्ने, सम्झौता नवीकरण नगर्ने तथा बक्यौता रकम नतिर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ ९:४०