काठमाडौं । कार निर्माता कम्पनी कियाले हालै नयाँ लोगो प्रयोगमा ल्याएको छ, जसलाई ब्रान्डको नामबाटै डिजाइन गरिएको छ । अङ्ग्रेजी अक्षर केआईए (KIA) बाट बनाइएको लोगोमा अन्तिमको ए(A)सँग बीचको अक्षर आई जोडिएको छ ।
तर कयौँ व्यक्तिहरू त्यसलाई केएन (KN) ठानेर झुक्किन थालेका छन् । एउटा विज्ञापन एजेन्सी सञ्चालन गर्दै आएका आश्विन स्वामीको ट्वीट अनुसार वेबसाइटमा प्रत्येक महिना 'केएन कार' (KN car) सर्च गर्नेहरूको सङ्ख्या ३० हजार रहेको छ ।
the new kia logo is so unreadable that at least 30k people a month search for the "KN car" ever since its debut pic.twitter.com/jRj25JoAPp
उनीहरूले बजारमा कुनै नयाँ कार कम्पनी भित्रिएको हुनसक्ने र आफू त्यस बारे बेखबर रहेको ठान्ने गरेका छन् । तथ्याङ्कले 'केएन कार ब्रान्ड', 'केएन कार लोगो' र 'केएन कार्निभल कार' जस्ता हजारौं सर्चहरू समेत लोकप्रिय भइरहेको देखाउँछ ।
त्यसो त मानिसहरूलाई कियाको नयाँ लोगोको विषयमा झुक्किएको आरोप लगाउने कुरा पनि कठिन छ । किन भने किया कुनै सानो ब्रान्ड होइन । यद्यपि झुक्किएर केएन सर्च गर्ने प्रयोगकर्तालाई गुगलले सही दिशामा इङ्गित तथा निर्देशित गर्ने गरेको छ ।