close

मिटर समयमा जडान नभए विद्युत प्राधिकरणलाई सम्पर्क गर्न आग्रह, यो नम्बरमा गर्नुहोस् फोन

टेकपाना टेकपाना

मंसिर १८, २०७९

मिटर समयमा जडान नभए विद्युत प्राधिकरणलाई सम्पर्क गर्न आग्रह, यो नम्बरमा गर्नुहोस् फोन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकहरूलाई मिटर जडानमा कुनै समस्या भए अथवा समयमा जडान नभएमा सम्पर्क गर्न आग्रह गरेको छ । सिङ्गल फेज मिटर कनेक्सन र थ्री फेज मिटर कनेक्सन आफूले आवेदन दिएको पाँच देखि १० दिन भित्र नभएमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह गरिएको हो । 

प्राधिकरणले एक सूचना जारी गर्दै ग्राहकलाई यस्तो अनुरोध गरेको छ । आफ्ना ग्राहकलाई छिटो र छरितो सेवा प्रवाह गर्नका लागि प्राधिकरण सधैं अग्रसर रहेको भन्दै प्राधिकरणले जडानमा ढिलाइ भए फोन गरेर आफ्नो गुनासो टिपाउन सकिने बताएको छ । 

प्राधिकरणलाई मिटर जडान ढिलाइ भएको सम्बन्धमा ९८५१३२२११७ मा फोन गर्न सकिनेछ ।