काठमाडौं । सन् २०२२ सकिन लाग्दा ई-कमर्स प्लेटफर्म दराजले आफ्ना ग्राहकको लागि 'ग्रान्ड इयर इन्ड सेल १२:१२' घोषणा गरेको छ । मंसिर २६ (डिसेम्बर १२) देखि सुरु हुने यो ग्राण्ड इयर इन्ड सेलमा ७० प्रतिशतसम्मको छुट, सात हजार रूपैयाँसम्मको मेगाभाउचर, १२ सय १२ रूपैयाँसम्मको अग्रिम भुक्तानी छुट, दुई लाख ७० हजारको ग्राण्ड एमआई ह्याम्पर गिभअवे लगायतका आकर्षणहरू रहेका छन् ।
कम्पनीका अनुसार यो समयावधिमा सामान खरिद गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ प्रतिशत (अधिकतम १२ सय १२ रुपैयाँ) र डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १,००० रूपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो छुट एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूका लागि मात्र मान्य हुनेछ । साथै ग्राहकले आफ्नो आईएमई (IME Pay) वालेट मार्फत भुक्तानी गर्दा १२ प्रतिशतसम्म (अधिकतम तीनसय ३३ रुपैयाँ) को छुट पाउन सक्नेछन् ।
त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । दराजले आफ्ना अन्य अफरहरूमा जस्तै १२:१२ मा पनि एक रूपैयाँको खेल समावेश गरेको छ । यो खेल अन्तर्गत ग्राहकहरूले मात्र एक रूपैयाँमा स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन-डिजिटल वाटर हिटर, रेडमी ए१ मोबाइल र बोन होलिडेजबाट तीन दिनको पोखरा टुर प्राप्त गर्न सक्नेछन् ।
यस खेलमा सहभागी हुनको लागि ग्राहकहरूले अनलाइनमा अग्रिम भुक्तानीको रुपमा कुनै पनि सामान खरिद गर्दा एक रूपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । अफरको अवधि सकिएपछि भने सबै ग्राहकलाई सो एक रूपैयाँ फिर्ता गरिनेछ ।