close

क-कसले पाए आईसीटी अवार्ड ?

टेकपाना टेकपाना

पुस ९, २०७९ १४:१०

क-कसले पाए आईसीटी अवार्ड ?

काठमाडौ । लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आएको आईसीटी अवार्डको सातौं संस्करण सम्पन्न भएको छ । शुक्रबार हाेटल द सोल्टी क्राउन प्लाजामा भएको ग्रान्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गरियो ।

यस वर्षको ह्वावे स्टार्टअप आईसीटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ ।

स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ समेत गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आईसीटी अवार्ड मंगेशलाल श्रेष्ठ , नेपाली डायस्पोरा आईसीटी अवार्ड डा. वेद काफ्ले , नेपाल टेलिकम पायोनियर आईसीटी अवार्ड विजय कृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आईसीटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय माध्यमिक विद्यालय, डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) खोकनाको ज्ञानोदय बाल बाटिका स्कुल स्कुल, डिजिटल सर्भिसेस आईसीटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आईसीटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ ।

यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने टिगलाई पब्लिक च्वाइस आईसीटी अवार्ड प्रदान गरिएको छ भने साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड चिंगारीलाई प्रदान गरिएको छ । सार्क राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिंगारीले अवार्ड हात पारेको हो ।

अवार्डको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड आईडिया फेस्ट, मेन्टरिङ सेसन, स्टोरी शेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका थिए । 

अवार्ड विजेतालाई नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, प्रतिनिधि सभा सदस्यहरु ठाकुर गैरे, महेश बर्तौला, मनीष झा, शिशिर खनाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिला डंगोललगायतले सम्मान गरे । 

अवार्ड विजेताको नाम 
-ह्वावे स्टार्टअप आईसीटी अवार्डः मोनाल टेक प्रालि
-प्रडक्ट आईसीटी अवार्डः गल्ली म्याप्स
-राइजिङ स्टार आईसीटी अवार्डः कारोबार
-डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) ज्ञानोदय बाल बाटिका स्कुल
-डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर) ज्ञानोदय माध्यमिक विद्यालय
- नेपाल टेलिकम पायोनियर आईसीटी अवार्डः विजय कृष्ण श्रेष्ठ
-आन्टरप्रेनर आईसीटी अवार्डः मंगेशलाल श्रेष्ठ
- नेपाली डायस्पोरा आईसीटी अवार्डः डा. वेद काफ्ले
-एनसेल वुमन आइकन आईसीटी अवार्डः शिला कंसाकार कार्की
-डिजिटल सर्भिसेस आईसीटी अवार्डः फोनपे पेमेन्ट सर्भिसेस लिमिटेड
- डिजिटल गभर्नेन्स आईसीटी अवार्डः वैदेशिक रोजगार विभाग
-साउथ एशिया आईसीटी अवार्डः टेक फोर बिलियन (चिंगारी)
-पब्लिक च्वाइस आईसीटी अवार्डः टिग
-जुरी मेन्सन आईसीटी अवार्डः दिक्षान्त पाण्डे (पाइथन भ्वाइस असिस्टेन्ट)

पछिल्लो अध्यावधिक: पुस १०, २०७९ ९:४५