काठमाडौं । फोटोन मोटरले बर्दिबासमा ‘फोटोन माउन्टेन ईभी’ विस्तार गरेको छ । यो विद्युतीय पिकअप ट्रक नेपालका पहाडी तथा कठिन भूभागमा सञ्चालन गर्न विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
नेपाल सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिइरहेका बेला यस मोडेलले स्वच्छ ऊर्जा प्रवर्द्धनमा योगदान दिने फोटोनको अपेक्षा छ । कम्पनीका अनुसार यो गाडी कार्बन उत्सर्जन घटाउन र इन्धन आयातमा निर्भरता कम गर्न प्रभावकारी हुनेछ ।
लन्च कार्यक्रममा फोटोन मोटरका सीईओ तुषार गुप्ताले नेपालमा दिगो यातायात समाधान आवश्यक रहेको बताए । “नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै निर्माण गरिएको यो ईभी टिकाउ, शक्तिशाली र भरपर्दो छ । यसले नेपालको पिकअप ट्रक सेग्मेन्टमा नयाँ क्रान्ति ल्याउनेछ,” उनले भने ।
फोटोन माउन्टेन ईभीले उच्च प्रदर्शन, टिकाउपन र दिगोपनको संयोजन गरेको कम्पनीको दाबी छ । व्यावसायिक प्रयोगका लागि उपयुक्त मानिएको यो गाडी फ्लीट अपरेटर र भविष्यमुखी मोबिलिटी समाधान खोज्ने ग्राहकका लागि प्रभावकारी हुने कम्पनीको भनाइ छ ।
नेपालमा व्यावसायिक सवारी साधन आपूर्ति गर्दै आएको एमएडब्लू वृद्धि कमर्सियल फोटोन सवारी साधनको आधिकारिक वितरक हो । कम्पनीले नेपालभर शोरुम तथा सेवा केन्द्र विस्तार गर्दै ग्राहकलाई उत्कृष्ट सेवा दिने जनाएको छ ।