काठमाडौं । दक्षिण काेरियाली कम्पनी नयाँ प्रविधिकाे ओएलईडी डिस्प्ले निर्माण गर्ने भएको छ । सन् २०२४ मा बजारमा भित्रिने आईप्याडमा याे डिस्प्ले प्रयोगमा आउने अपेक्षा गरिएको छ ।
यसअघि कम्पनीले फुल–कट ओएलईडी प्यानल निर्माण गर्ने योजना बनाएको थियो । तर, आईप्याडका लागि ओएलईडी प्यानलको मागलाई लक्षित गर्दै कम्पनीले टु–स्ट्याक ट्यान्डम ओएलईडी डिस्प्लेको काम अघि बढाएको हो ।
कम्पनीका अनुसार टु–स्ट्याक ट्यान्डम ओएलईडी प्यानलमा पिक्सेलको दुई ओटा लेयर रहनेछ भने ब्राइटनेस लेभल धेरै हुनेछ । त्यो भन्दा पनि नयाँ ओएलईडी प्यानलको आयू हाल बजारमा उपलब्ध प्रविधिको तुलनामा धेरै हुने जनाइएको छ ।
अहिले बजारमा उपलब्ध ओएलईडी प्यानलको आयू कम हुने र प्यानल नै जल्ने खालका समस्या रहेको भन्दै एप्पल यसको समस्या समाधान सहितको प्यानल खोजिरहेको छ । यस्तोमा एप्पलको उक्त मागलाई समेत ध्यानमा राख्दै सामसङले नयाँ ओएलईडी प्यानल निर्माण गर्न लागेकाे हाे ।