close

राहदानीका लागि थप बायोमेट्रिक मसिन चाहियोः जिल्ला प्रशासन कार्यालय काठमाडौं

टेकपाना टेकपाना

पुस १४, २०७९ १६:४९

राहदानीका लागि थप बायोमेट्रिक मसिन चाहियोः जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहदानीका लागि थप बायोमेट्रिक मसिन उपलब्ध गराउन राहदानी विभागलाई पत्र लेखेको छ ।

हाल चार ओटा मसिनमार्फत काम भइरहेकोमा थप एउटा मसिन उपलब्ध गराउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सूचना अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

''जिल्ला प्रशासनले दैनिक २२० देखि २२५ जना सेवाग्राहीहरुको अनलाइन आवेदन लिने गरेका छौं । सेवाग्राहीको माग बढ्दै गएपछि थप बायोमेट्रिक मसिन उपलब्ध गराउन अनुरोध गरेका छौं,'' उनले टेकपानासँग भनिन् ।

साथै साँघुरो ठाउँमा जिल्ला प्रशासन कार्यालय रहेकाले एकैपटक धेरै सेवाग्राहीलाई सेवा प्रवाह गर्न अप्ठ्यारो भइरहेको समेत उनले बताइन् ।

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ १८:२९