close

नयाँ प्रविधि विकास गर्नेलाई सरकारले १० लाख दिने, यसरी दिनुहोस आवेदन

टेकपाना टेकपाना

माघ १०, २०७६ ९:१९

नयाँ प्रविधि विकास गर्नेलाई सरकारले १० लाख दिने, यसरी दिनुहोस आवेदन

नेपालको समृद्धिको लागि आवश्यक पर्ने नविनतम प्रविधि विकास गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले १० लाख रुपैयाँ अनुदान दिने भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै नाष्टले नयाँ प्रविधिसहित विद्यमान प्रविधिलाई सुधार गर्नेलाई पनि सो बराबरकै अनुदान दिने तयारी गरेको हो ।

प्रतिभाशाली नेपाली नागरिकको पहिचान गरि उनीहरुको नविनता सहितको प्रविधि विकास गर्ने कार्यक्रम अन्तर्गत यस्तो अनुदान उपलब्ध गराउन लागेको नाष्टले जनाएको छ । नाष्टले यसका लागि ईच्छुकबाट प्रस्तावसहितको आवेदन समेत माग गरेको छ । शुक्रबारदेखि गणना हुने गरी ३५ दिनभित्र यस्तो प्रस्ताव नाष्ट कार्यालयमा पेश गर्नुपर्नेछ ।

प्रस्तावको ढाँचा नास्टको वेबसाइटमा उपलब्ध छ । प्रस्ताव आम नेपालीको समस्या समाधान गर्ने किसिमको हुनुपर्नेछ । प्राप्त अनुदान अनुसार यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने पनि नाष्टले स्पष्ट पारेको छ ।
शैक्षिक योग्यताको बन्देज नलगाइएको यो प्रस्तावमा लागि नाष्टले विभिन्न क्षेत्र पनि छुट्याएको छ ।

आवेदकले कृषि प्रविधि तथा यान्त्रिकरण, खाद्य प्रविधि, सूचना प्रविधि, उर्जा तथा यातायात प्रविधि, सहरी विकास प्रविधि, उदियमान प्रविधि, प्राकृतिक स्रोत साधनको उपयोग सम्बन्धि प्रविधि, वातावरण एवम् जलवायु परिवर्तनको क्षेत्रमा विद्यमान समस्याको समाधान गर्ने किसिमको प्रस्ताव हुनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१