अनलाइन लाइब्रेरी विकीपेडियामा आर्टिकलको संख्या ६ अर्ब नाघेको छ । विकीपेडिया स्थापना भएको अहिले १९ वर्ष लागेको छ । दुई दशकको अवधिमा विकीपेडियाले आफ्नो प्लेटफर्ममा भएको आर्टिकलको संख्या ६ अर्ब पुर्याएको हो ।
१९ औं शताब्दीकी क्यानडेली लेखिका तथा शिक्षिका मारिया इलिसबारेको लेखसँगै शुक्रबार विकीपेडियामा आर्टिकलको संख्या ६ अर्ब पुगेको हो । विकीपेडियाले संसारभरका विभिन्न व्यक्ति र बिषयबारे जानकारीमूलक लेखको संग्रह गर्छ ।
Congratulations to English @Wikipedia for hitting the six million article mark today! The landmark page — created by @Rosiestep of @WikiWomenInRed — is a biography of Marie "Toofie" Lauder, a well-traveled and philanthropic 19th century writer: https://t.co/LZ0iacsQly pic.twitter.com/N87CsDQvdH
— Wikimedia (@Wikimedia) January 23, 2020
यस्ता लेखामा स्रोतको उद्धृत गरिएको हुनाले कुनै बिषयमा थाहा पाउनेको लागि विकीपेडिया सबैभन्दा सहज पहुँच हुने लाइब्रेरी हो ।
अंग्रेजी बाहेक विकीपेडिया संसारभरका दर्जनौं भाषामा पनि उपलब्ध छ । विकीपेडियाको अंग्रेजी भर्सनमा मात्रै आर्टिकलको संख्या ६ अर्ब पुगेको हो । सबै भाषाको आर्टिकल जोड्ने हो भने यो संख्या धेरै बढी हुनसक्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
