close

भियतनाम आफैले बनायो फाइभजी

टेकपाना टेकपाना

माघ १३, २०७६ १७:१३

भियतनाम आफैले बनायो फाइभजी

एजेन्सी । भियतनामको प्रमुख वायरलेस क्यारियर कम्पनी ‘भाइटटेल’ ले आफ्नै फाइभजी पुर्वाधार तयार पारेको छ । फाइभजी प्रविधिमा ह्वावेलाई वाइपास गर्ने उदेश्यका साथ कम्पनीले आफ्नै पूर्वाधार निमार्ण गरेको हो ।

यो सँगै भाइटटेल फाईभजी पूर्वाधार निमार्ण गर्ने विश्वको छैठौं कम्पनी बनेको छ । कम्पनीले स्विडेनको इरिक्सन र फिनल्याण्डको नोकियाकै तयारीका अपनाएर फाइभजी पूर्वाधार निर्माण गरेको हो । भियतनाम सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनी भाइटटेलले आउँदो जुनबाट देशका ठुला सहरमा फाइभजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।

आफ्नो देशकामा जनुबाट सेवा सुरु गर्ने भएतापनि व्यवसायी रुपमा भने सन् २०२१ को मध्यबाटमात्रै जाने कम्पनीले जनाएको छ । कम्पनीले उक्त समयबाटमात्रै यसकालागि आवश्यक हार्डवेयर र सफ्टवेयर ठुलोमात्रामा निर्माण सुरु गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१