ब्ल्याकबेरी मोबाइलका फोनका फ्यानका लागि आज एउटा नराम्रो खबर छ । एउटा ट्वीटर पोष्ट मार्फत टीसीएल कम्युनिकेसनले आफूसँग ब्ल्याकबेरी मोबाइल ब्राण्डमा भविष्यमा कुनै पनि फोन डिजाइन, निर्माण र बिक्री गर्ने अधिकार बाँकी नरहेको बताएको छ ।
टीसीएलले बनाएका विद्यमान ब्ल्याकबेरी फोनको बिक्री आगामी ३१ अगस्टसम्म मात्रै बाँकी छ । यद्यपी ती फोनहरुमा कस्टमर सपोर्ट तथा वारेण्टी लगायतकाे सपोर्ट भने ३१ अगस्ट २०२२ सम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ । ट्वीटर पोष्टमा कम्पनीले आगामी दिनमा ब्ल्याकबेरी ब्राण्डका फोन निर्माण गर्न नसक्नुका पछाडि कुनै निश्चित कारण भने खुलाएको छैन ।
उसले आफ्ना सम्पुर्ण साझेदार, ग्राहक र फ्यानहरुलाई पछिल्ला केही वर्षको साथका लागि धन्यवाद भनेको छ । ब्ल्याकबेरीले आफ्नो पोष्टमा भने टीसीएललाई पछिल्ला केही वर्षको सफलतापुर्ण साझेदारीका लागि धन्यवाद दिँदै भनेको छ, ‘एकसाथ हामीले गज्जबका चिजहरु उत्पादन गर्यौँ ।’ यद्यपी उसले पनि टीसीएलसँगको स्मार्टफोन ब्राण्डिङको साझेदारी तोड्नुको विषयमा कुनै टिप्पणी गरेको छैन ।
We'd like to thank TCL Communication @BBMobile and their team for a successful partnership over the past few years. Together we produced great things. Many thanks and appreciation to our BlackBerry community for your continued support. https://t.co/fn2iM3bvzR