close

मोबाइल बजारमा ओप्पोको पछिल्लाे एक दशक !

टेकपाना टेकपाना

माघ २१, २०७६ १४:७

मोबाइल बजारमा ओप्पोको पछिल्लाे एक दशक !

काठमाडौं । सन् २०२० को सुरुवात भइसकेको छ । सन् २०१० देखिकाे एक दशक सुचना प्रविधिको क्षेत्रमा एउटा उल्लेख्नीय उपलब्धीका बर्षहरु हुन् । पछिल्लो दश वर्षको अवधिमा प्रविधिको विकाश जुन रुपले भएको छ त्यसले आउँने अर्को दशौं वर्षकालागि ठुलो योगदान पुर्‍याउने पक्कै छ ।

त्यसमा अप्पोको पनि ठुलै योगदान रेहको छ । यहाँ हामी पछिल्लो एक दशकमा ओप्पोले मोबाइल बजारमा भित्र्याएको केही उत्कृष्ट स्मार्टफोनको विषयमा जानकारी दिइरहेका छौं ।

ओप्पो फाइन्ड–२०११

सन् २०११ मा ओप्पोले सार्वजनिक गरेको ‘फाइन्ड(एक्स९०३)’ जुन उक्त समयको एउटा आयामा थियो । साइडस्लिप कभर, फूल किबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली आएको उक्त फोन त्यस समयमा नौलो र स्मार्टफोन प्रविधिका लागि क्रान्तिकारी मानिएको थियो । उक्त फोन ओप्पोद्वारा उत्पादित अहिले सम्मकै मोटो फोन हो ।

ओप्पो फाइन्ड-२०१२

मोटो ओप्पो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै फोनलाई हल्का र पातलो बनाउन विशेष डेभलपमेन्ट टिमको स्थापना गरियो । नतिजा स्वरुप ओप्पो फाइन्डरको जन्म भयो । फाइन्डबाट फाइन्डर सम्म आईपुग्दा ओप्पोले ठूलो छलाङ मार्‍यो । मात्र ६.६५ एमएम मोटाइको ओप्पो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा थिननेस धेरै स्मार्टफोन ब्राण्डका लागि एक महत्वपूर्ण प्रोडक्ट डिजाइन फ्याक्टरका रुपमा स्थापित समेत भयो

ओप्पो यूलाईक टू – २०१२

यूलाईक टु को आगमनलाई ब्यूटिफाइड सेल्फी यूगको सुरुवात मानिन्छ । ओप्पो यूलाइक टु मा रहेको ब्यूटी २.० अल्गोरिथमका साथै, ५ एमपी फरवार्ड–फेसिङ क्यामेरा सहितको पहिलो ओप्पो उपकरण बन्यो । ब्यूटी २.० अल्गोरिथम सूचारु गरेसँगै यसले स्वचालितरुपमै ब्यूटिफिकेसन ईफेक्ट मार्फत आकर्षक सेल्फी खिच्न सघायो ।

ओप्पो एनथ्री – २०१४

‘क्यामेरा मास्टर’ का रुपमा परिचित ओप्पो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेरा भित्र्याउने पहिलो फोन हो । विद्युतिय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको यो नै पहिलो उपकरण हो । १६ एमपी लेन्स र अत्याधुनिक ग्राफिक ईञ्जिन भएको यो फोन सन् २०१४ को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्टफोनका रुपमा पनि लिइन्छ ।

ओप्पो आरनाइन–२०१६

सन् २०१६ मा ओप्पोले नयाँ फ्ल्याश चार्जिङ प्रणाली सार्वजनिक गर्यो त्यो थियो ‘भोक’ । भोक फ्ल्याश चार्जिङ सुसज्जित ओप्पो आरनाइनले मात्र ५ मिनेट चार्ज गरेको भरमा २ घण्टा सम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ ।

२० मिलियन युनीट विक्रि हुनुका साथै, यसले समग्र मोबाइल फोन बजारको ४ प्रतिशत हिस्सा हात पार्न सफल भएको थियो । यसले सन् २०१६ को नोवेम्बर १ मा स्वान अवार्ड (चीनमा सर्वाधिक सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन ईन्नोभेसन) पनि जित्न सफल भयो ।

ओप्पो फाइन्ड एक्स–२०१८

ओप्पो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली सिमलेस फुल-स्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ । यसमा रहेको कभ्र्ड सर्फेस पानोरामिक स्क्रिन र हिडन फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियो सहितको फोनका रुपमा स्थापित गर्यो । फाइन्ड एक्सको आगमन सँगै ईफेक्टिभ फुल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भएको कम्पनीको दावी छ ।

ओप्पो रेनो फाइभजी – २०१९

सन् २०१९ को सुरुवात सँगै ओप्पोले रेनो सार्वजनिक गर्यो । रेनो टेनएक्स जुम र रेनो फाइभजी (फाइभजी कनेक्टिभिटीको साथमा), टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन) लगायत फिचर्सपनि उपलब्ध गरिएको छ ।

४८एमपी प्राइमरी लेन्स, १३एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्स सहितको फूल(फोकल लेन्थ ट्राई) लेन्स रियर क्यामेरा सहितको ओप्पो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्यो । ओप्पो रेनो फोटोग्राफर तथा रचनात्मक व्यक्तिहरुका लागि गो–टू सिरिजका रुपमा स्थापित भयो । साथै, ओप्पो रेनो फाइभजी यूरोपमा ब्यवसायिक रुपमा बिक्रि थालिएको पहिलो फाइभजी स्मार्टफोन पनि बन्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०