काठमाडौं । डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउण्ट’ नामक ग्राहक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डिशहोमका डिलरहरु मार्फम ‘फण्ड ट्रान्सफर’ बाट बार्षिक रिचार्ज गर्दा ‘एड–अन’ प्याकेज प्राप्त गर्ने छन् ।
साथै साप्ताहिक लक्की ड्रमा समेत सहभागी हुनेछन् । जसमध्य हप्तामा दुई जनाले भाग्यशाली ग्राहकले प्रति व्यक्ति एक लाख नगद उपहार जित्ने कम्पनीले जनाएको छ । साप्ताहित लक्की ड्र माघ २७ गते देखि बार्षिक रिचार्ज गर्ने ग्राहकको लागी मात्र लागु हुनेछ ।
उक्त लक्की ड्रको नतिजा फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल १०० मा प्रत्यक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारणमार्फत गरिने छ । प्रत्येक हप्ताको शुक्रबार देखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्ने ग्राहकलाई आउने शुत्रबारको लक्की ड्र मा समावेश गरिनेछ ।
यसमा सहभागी हुनको लागि डिलरको फण्ड ट्रान्फरबाटै बार्षिक रिचार्ज गरेको हुन पर्नेछ । सहभागी भएका ग्राहकहरु मध्य डिश होम सेट–टप बक्सको ‘क्यास आईडी’ को आधारमा विजेताको घोषणा गरिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
