close

जोडीलाई स्मार्टको भ्यालेन्टाइन अफरः १ रुपैयाँमै २ सिम, उपहारमा ६ जीबी डेटा

टेकपाना टेकपाना

माघ २९, २०७६ २०:१९

जोडीलाई स्मार्टको भ्यालेन्टाइन अफरः १ रुपैयाँमै २ सिम, उपहारमा ६ जीबी डेटा

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले भ्यालेन्टाइनको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले जोडीलाई लक्षित गर्दै कपल सिम दिने भएको हो । 

अफर अनुसार एक रुपैयाँमै दुई सिमकार्ड प्राप्त गर्न सकिनेछ । प्रत्येक दिन यस्तो सिम खरीद गर्ने २५ जना ग्राहकले हरेक कपल सिमका लागि ६ जीबी डाटा उपहारको रुपमा पाउनेछन् । 

यो अफर १२ फेब्रुअरीदेखि २८ फेब्रुअरीसम्म मान्य रहने कम्पनीले जनाएको छ  । अफरका लागि स्मार्ट सेन्टरबाट सिम खरिद गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१