close

अब ईसेवाबाटै नेपाल लाइफको बीमा शूल्क

टेकपाना टेकपाना

फागुन १, २०७६ १५:२५

अब ईसेवाबाटै नेपाल लाइफको बीमा शूल्क

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शूल्क अब ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतामा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शूल्क ईसेवाको मोबाईल एप तथा वेबसाइटबाट सहजै भुक्तानी गर्न सक्नेछन् । ईसेवा अकाउन्ट नभएका ग्राहकले कम्पनीका देशभरका कुनै पनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट नेपाल लाइफका २७ लाख भन्दा बढी बीमित लाभान्वित हुने छन् ।

‘हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ’, कार्यक्रममा बोल्दै ईसेवा फोन-पे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१