close

विण्डोज टेन अपडेटको समस्या समधान गर्न माइक्रोसफ्टको आपतकालिन प्याच

टेकपाना टेकपाना

चैत १, २०७६ ९:४

विण्डोज टेन अपडेटको समस्या समधान गर्न माइक्रोसफ्टको आपतकालिन प्याच

काठमाडौं । माइक्रोसफ्टले विण्डोज टेनको अपडेटमा देखिएको समस्या समधान गर्न भन्दै आपतलिन प्याच सार्वजनिक गरेको छ। माइक्रोसफ्टले गत फेब्रुअरीमा विण्डोज टेनमा केबी ४५३५९९६ को अपडेट सार्वजनिक गरेको थियो ।

कम्पनीले सर्च फंसनालिटी, प्रिन्टिङ तथा ब्याट्री पर्फमेन्सलाई असर पुर्‍याउने सबै किसिमका विषय सम्बोधन गर्न नयाँ अपडेट ल्याएको थियो । तर उक्त अपडेट इन्स्टल गरिसकेपछि विण्डोज टेन १९०९ र १९०३ का प्रयोगकर्ताहरुले विभिन्न समस्याहरु उत्पन्न भएको गुनासो गरेका छन् ।

जसमा बूट, क्य्रास, पर्फमेन्स, अडियो, डेभलपर्स र फाइल सेयरिङ जस्ता समस्या देखा परेका थिए ।सोही समस्या समधानका लागि कम्पनीले सेक्युरीटी प्याच सार्वजनिक गरेको हो ।

कम्पनीले मासिक रुपमा ‘प्याच ट्युस्डे’ नामक प्याच सार्वजनिक गर्दै आएको छ । सोही प्याच ट्युस्डे अन्तर्गत समस्या समाधनको लागि कम्पनीले यो प्याच सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नयाँ बग कम्पनीले सार्वजनिक गरेको विन्डोजको नयाँ भर्सनको सर्भर म्यासेज ब्लक (एसएमबी) मा उपलब्ध रहेको छ । जसले विण्डोजलाई प्रिन्टर र फाइल सर्भरसँग काम गर्न सहयोग गर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१