close

अब क्यूआरबाटै डिजेल र पेट्रोलको पैसा तिर्न सकिने

टेकपाना टेकपाना

चैत ३, २०७६ ११:३२

अब क्यूआरबाटै डिजेल र पेट्रोलको पैसा तिर्न सकिने

काठमाडौं । बिस्तारै नेपालका हरेक क्षेत्र डिजिटल पेमेन्टमा जोडिँदै छन् । यसैक्रममा अब क्यूआर काेड स्क्यान गरेरै डिजेल र पेट्रोलकाे पैसा तिर्न सकिने भएको छ । यसअघि पनि पेट्रोल पम्पमा यो सेवा नभएको भने होइन ।

आईएमई पे ले यसको सुरुवात गरिसकेको थियो । तर, अब भने नेपालको सबैभन्दा ठुलो अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा यसमा हात हालेको छ ।

ई–सेवाले एकै पटक काठमाडौंका सय वटा पेट्रोल पम्पबाट यसको सुरुवात गरेको जनाएको छ । यो सँगै डिजेल र पेट्रोलको पैसा क्यूआर काेड स्क्यान गरेकै भरमा तिर्न सकिने छ ।

कम्पनीका अनुसार यसले आफ्नो गाडीमा डिजेल र पेट्रोल हाल्नका लागि छुट्टै पैसा बोक्नु पर्ने झन्झटको अन्त्य गरिदिएको छ । हाल यो सेवा सय वटा पेट्रोलपम्पमा पुगेको छ, भने आगामी दिनमा यसलाई विस्तार गरि देशभर पुर्‍याउने कम्पनीको योजना रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१