close

अरुको स्क्रिन समेत कन्ट्रोल गर्न सकिने स्क्रिन शेयरिङ एप

टेकपाना टेकपाना

चैत १३, २०७६ १३:४३

अरुको स्क्रिन समेत कन्ट्रोल गर्न सकिने स्क्रिन शेयरिङ एप

काठमाडौं । कोरोना भाइरसको विश्व महामारीको अहिलेको यो समयमा वर्क फ्रम होम अर्थात घरबाटै काम गर्ने अभ्याससँगै स्क्रिन शेयरिङ एपको पनि चर्चा चलिरहेको छ । यसबीच स्क्रिन नामको नयाँ स्क्रिन शेयरिङ एप सार्वजनिक भएको छ । 

स्क्रिन एउटा फ्री इन्टरएक्टिभ मल्टिप्लेयर स्क्रिन शेयरिङ एप हो । यसले ग्रुप भ्वाइस वा भिडियो कल गर्दा सबै प्रयोगकर्तालाई कर्सर दिन्छ, ताकी नेभिगेट गर्न सकियोस् अनि ड्र गर्न सकियोस् । साथै यसले भ्वाइस वा भिडियो च्याटको समयमा सहकर्मीहरुको एपभीत्रको कोड पनि दिन्छ । 

स्क्रिनले मिलेर कन्टेन्टको डिजाइन गर्न, प्रोग्राम पेयर, कोड रिभ्यू वा डिबग गर्न तथा सल्लाह लिनका लागि सजिलो बनाउँछ । 

केही वर्षअघि जोहानेस शेरवानीले आफ्नो अन्तिम स्क्रिन शेयरिङ टूल स्क्रिनहिरो स्ल्याकलाई बिक्री गरेको थिए । तर यसले म्यासेजिङ एपको रुपमा राम्रो काम गर्न सकेन । पाँच वर्षपछि स्क्रिनको तिब्र विकास गरेर अहिले उनले यसलाई सार्वजनिक गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबीच घरमै काम गरेर बसिरहेकाहरुका लागि उनको यो एप निःशूल्क उपलब्ध छ र यसले राम्ररी काम पनि गरिरहेको छ । 

शेरवानी स्क्रिन अन्य स्क्रिन शेयरिङ टूलहरुको तुलनामा दुई देखि पाँच गुणासम्म छिटो भएको दाबी गर्छन् ।  यसमा ३० देखि ५० मिली सकेन्डको लेटेन्सी रहेको छ । अन्य स्क्रिन शेयरिङ टूलहरुमा सयदेखि डेढसय मिली सकेन्डबीचको ल्येटेन्सी हुने गर्दछ । 

सुरुवातमा यसलाई दुई व्यक्तिले बनाएका हुन् । यसमा धेरै फिचरहरु रहेका छन् । जुन अन्तरक्रियात्मक र सहज पनि छन् । 

स्क्रिनबाट के के गर्न सकिन्छ ?

सानो ओभरले विण्डोबाट अडियो वा भिडियो कल गर्दा डेस्कटपबाट म्याक, विण्डो र लिनक्समा स्क्रिन शेयर गर्न सकिन्छ । साथै कलमा जोडिएर मोबाइल वा ब्राउजरमा हेर्न सकिन्छ ।

यसमा आफ्नो कर्सरलाई आफ्नै कम्प्युटरमा जस्तै गरी अरुको शेयर गरिएको स्क्रिनमा प्रयोग गर्न पनि सकिन्छ। 

स्ल्याकबाट स्क्रिन मिटिङ गर्न सकिन्छ । साथै गूगल क्यालेण्डर इन्टिग्रेट भएकाले यसबाट मिटिङको सेड्युल पनि मिलाउन सकिन्छ । 

कम्पनीमा तथा ग्रुपमा भएकाहरुले यसमा छुट्टै लगईन गरिरहनु पर्दैन । लिंक शेयर गरी इन्भाइट गर्दा हुन्छ । तर कसलाई आफ्नो स्क्रिन कन्ट्रोल गर्न दिने भन्ने कुरामा पहिले नै चनाखो हुनुपर्छ । 

निःशूल्क रुपमा स्क्रिन मिटिङ ज्वाइन गर्न सकिन्छ । तर, यसलाई होस्ट गर्न १० डलर लाग्छ भने टिम इन्टरप्राइज गर्न मासिक २० डलर लाग्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६