काठमाडौं । अप्रिल १, १९७६ मा स्थापना भएको एप्पल आज आफ्नो कथाको तेस्रो भूमिकामा छ । १९७० को दशकमा एप्पलले उत्साहजनक भूमिका निर्वाह गरेको थियो । त्यसपछि १९९० को दशकमा ऊ एउटा ठूलो अनिश्चितताबाट गुज्रियो, त्यसताका उसले दोस्रो भूमिका निर्वाह गरेको थियो ।
त्यसपछिमात्र एप्पल सफल अमेरिकी कथाको दस्तावेज बनेको हो । तपाईंले एउटा बहुराष्ट्रिय तथा अर्बौं डलरको कम्पनी एउटा ग्यारेजबाट सुरु गर्न सक्नुहुन्छ । १९७० को दशकको मध्यमा स्टिभ वजनिकले एउटा डिजाइन तयार गरेका थिए, जुन पछि गएर एप्पलको आई कम्प्युटर बनेको थियो ।
त्यसपछि उनका साथी स्टिभ जब्सले त्यसलाई बिक्री गर्न सकिने गरी डिजाइन गरे । वजनिक आफ्नो डिजाइनको आईडिया जब अन्य कुनै इच्छुक व्यक्तिलाई दिन चाहेका थिए । तर जब्सले उक्त डिजाइनलाई जोगाएर राखे । त्यो समय उनीहरुले कम्पनी सुरु गर्ने योजनाबारे सोचेका पनि थिएनन् ।
सुरुवातमा आफ्नो आईडियालाई बजारीकरण गर्न दुबै स्टिभले कठिन संघर्ष गरे । आफूले काम गरेका पुराना कम्पनी तथा काम गरिरहेका तत्कालिन कम्पनीसँग उनीहरुले आफ्नो आईडियालाई बिकाउन नखोजेका होइनन् ।
वजनिक त्यो समय हिउलेट प्याकार्डमा इन्जिनियरको रुपमा काम गर्थे । उनले एचपी कम्पनीले आफ्नो डिजाइन खरीद गर्ने आशामा सिनियरहरुबाट आफ्नो डिजाइनको परीक्षण पनि गराए ।
उनका सिनियरहरुले त्यो डिजाइन उपयोगी हुने कुरामा सहमति जनाए । साथै त्यो डिजाइनलाई सस्तो मूल्यमा बनाउन सकिने कुरा पनि उनलाई सुझावको रुपमा दिए ।
तर उनीहरुले अझै त्यसलाई अनुमोदन भने गरेनन् । ह्युलेट प्याकार्डको कम्प्युटर जस्तो हुनुपर्ने उनीहरुको धारणा थियो । त्यसमा बचनाइकको आईडिया फिट नभएको निश्कर्ष निस्कियो ।
जब्स पनि आफ्नो पुरानो कम्पनी अटारीमा पुगे । अटारीबाट पनि उनले त्यस्तै प्रतिक्रिया पाए । उनले अटारीको रुची आफ्नो डिजाइनप्रति जगाउन खोजेका थिए ।
तर त्यहाँ पनि उनी अस्वीकृत भए । तर अटारीको एआई अल्कर्नले जब्सलाई भेञ्चर क्यापटलिस्टसँग सम्पर्कमा राखिरह्यो । त्यसपछि कम्पनी स्थापना गर्ने बाटो सुरु भयो ।
त्यसपछि दुबै स्टिभले अटारीका एकजना इन्जिनियर रोन वेनसँग मिलेर एप्पल कम्पनी सुरु गरे । रोनले अहिलेको चर्चित एप्पलको ओरिजिनल लोगो पनि डिजाइन गरे ।
तर कम्पनीले उडान भर्नु अघि नै उनले कम्पनी छाडे । उनले कम्पनी छोड्दा त्यस समय यो निकै चर्चाको विषय बनेको थियो । उनले यति चाँडै कम्पनी छोडे, जुन तपाईं कल्पना पनि गर्न सक्नुहुन्न ।
सन् १९७६ अप्रिल १ मा तीनजनाले एप्पल कम्पनीको औपचारिक रुपमा सुरुवात गरे । त्यसको १२ दिन पछि रोनले कम्पनी छाडेका थिए । उनलाई एप्पलको दश प्रतिशत शेयर अफर गरिएको थियो । तर स्टिभ जब्सलाई नै ८०० डलरमै त्यो बिक्री गरिदिए ।
सन् १९७७ मा अनुभवी विख्यात व्यवसायी मार्क मर्कुला पनि एप्पलको बोर्डमा आए । त्यसपछि एप्पल अझ समृद्ध बन्यो ।
मर्कुलाको मातहतमा एप्पल कर्पोरेसनले तीनैजना पार्टनरहरुको शेयरलाई ५, ३०८.९६ अमेरिकी डलरमा खरिद गर्यो । केही कानूनी कारणले गर्दा रोनले कम्पनी छोडे पनि उनले तेस्रो शेयरको मूल्य पाएका थिए ।
source: appleinsider
अहिले एप्पलको भव्य सफलतालाई देख्दा रोनले एप्पल कम्पनी छोड्नु उनको ठूलो गल्ती मानिन्छ । तर त्यो समय उनलाई राम्रो दाम दिइएको थियो ।
जसकारणले गर्दा उनले अनिश्चित भविष्य बोकेको कम्पनीलाई छोडेका थिए । रोनलाई उक्त कम्पनी छोड्नुका पछाडिको कारण धेरै पटक सोधिएको छ । उनले सन् २०१३ मा उक्त कम्पनी छोडेकोमा आफूलाई कुनै पश्चताप नभएको बताएका थिए ।
‘इतिहासको एउटा टर्निङ प्वाइन्टमा भएको हुँदा म आफैंलाई एउटा भाग्यमानीको रुपमा लिन्छु,’ उनी भन्छन् । ‘त्यो समय मानिसहरुलाई एप्पलको आजको अवस्थाको बारेमा कल्पना नभए पनि वास्तवमा एप्पलको स्थापना इतिहासमा एउटा टर्निङ प्वाइन्ट नै हो ।’
एप्पलको पहिलो सफलता
रोनले कम्पनी छोडेपछि र मुर्कुलाले उक्त कम्पनीलाई यो अवस्थामा ल्याउनु अघि, एप्पलले आफ्नो पहिलो सफलता हात पारेका थियो ।
एप्पलले त्यस बेला ५० वटा एप्पल टु कम्प्युटरहरु आफ्नो लगानी बिना सप्लायरबाट पैसा लिएर निर्माण गरेको थियो र सप्लायर्सलाई पैसा फिर्ता दिनु अघि एकैदिनमा ती सबै कम्प्युटर बेच्न सफल भएको थियो ।
आज एप्पलले आफ्नो सप्लाई चेनमा एकदमै उच्च तहको व्यवस्थित तरिका प्रयोग गर्छ । सन् १९७६ मा पनि उसले वित्तको फाइदालाई अक्षरशः सिकेको थियो ।
स्टिभ जब्सले पहिलोपटक त्यो बेला थर्टी डेज नेट सुनेका थिए । यसको अर्थ भनेको ३० दिनभित्र कम्पनीले आफ्नो सप्लायरलाई रकम भुक्तानी गरिसक्नु पर्ने थियो । त्यो गर्नु परेको थियो र उनले सिके ।
तत्कालीन समयमा बाइटी सप चलाईरहेका पौल टेरेलालाई पनि जब्सले आफ्नो एप्पल टुको आईडिया सुनाएका थिए । जब्सले त्यो बेला आफैं कम्प्युटर बनाउन सक्नेहरुका लागि मदरबोर्ड र किट्स बेच्न चाहेका थिए ।
तर टेरेला पूर्ण डिभाइस चाहान्थे र जब्सले उनलाई त्यो दिलाए । एप्पलले त्यो समय वित्त र फाइनाइन्स चेनको बारेमा सिक्यो ।
त्यसपछि इन्टेलका मर्कुला बोर्डमा आए। त्यो बेला अर्थात सन् १९७७ मा विजनेसको बारेमा सिक्यो । मर्कुलाले त्यो बेला एप्पलको व्यवसायलाई पहिचान गरेर कम्पनीको दर्शन नै तयार गरे ।
जुन आज चार दशक पछि पनि एप्पलको अहम् हिस्साको रुपमा रहँदै आएको छ । कर्पोरेसनलाई सधैं दर्शन र लक्षको आवश्यकता पर्छ ।
यो कुरा सम्भवतः हार्वर्ड विश्वविद्यालयको विनजेस १०१ को एउटा अंश हो । यदि तपाईंले कहिल्यै कुनै कर्पोरेसनका लागि काम गर्नु भएको छ भने तपाईंमा एउटा स्वस्थ संशयवादी मनोवृति हुन आवश्यक छ ।
सन् १९७७ मा यो एप्पल थियो, र आज पनि एप्पल नै छ ।
एप्पलको मामिलामा मर्कुलाले तयार पारेको दर्शन स्पष्ट थियो । र कम्पनी यसमा सधैं अडिग रह्यो ।स्टिभ जब्सले आफ्नो जीवनी लेख्ने वाल्टर आइज्याकसनलाई व्याख्या गर्दै भनेका छन्, मर्कुलाको मूख्य कुरा पैसालाई लक्ष्य बनाउनु हुँदैन ।
तपाईंलाई पैसा आवश्यक पर्छ, कमाउन चाहानुहुन्छ । तर यदि पैसालाई आवश्यक वस्तुको रुपमा सोचियो भने कम्पनीले संघर्ष गर्छ ।
तपाईंले पैसा बनाउन थाल्नु भयो भने, तपाईं आफूले चाहेको कुरामा अघि बढ्न सक्नुहुन्छ । त्यसमा केन्द्रीत रहनु हुन्छ र यसले कम्पनीलाई दिगो बनाउँछ । अनि पैसा त पछि आफैं आउन थाल्छ ।
मर्कुलाको एप्पल मार्केटिङ दर्शन एकदमै स्पष्ट थियो र एप्पलको आइडिया पनि एकदमै सचेत अनि साधारण । १९७७ जनवरी ३ मा लखिएको एक पृष्ठको दस्तावेजमा दुई छोटा निर्देशिका छन् ।
जसले सेवाग्राहीहरुको आवश्यकता बुझ्न आफूलाई व्यापक फैलाउनुभन्दा पनि केही सीमित विशेष उत्पादनमा केन्द्रीत रहन निर्देशन दिइएको छ ।
आजको दिनमा एप्पल आफ्नो उत्पादनको प्रस्तुतीका लागि पनि निकै चर्चित छ । उसले आफ्नो डिजाइन र प्याकेजिङलाई निकै ध्यान दिन्छ, जसले गर्दा एप्पल, एप्पल बनेको छ ।