काठमाडौं । एप्पलका इन्जिनियरले प्रस्तावित गरेको वान–टाइम पासवर्ड (ओटीपी) एसएमएसको मापदण्डलाई गूगलले समर्थन गरेको छ । गएको जनवरीमा एप्पलका इन्जिनियरले एउटा टु–फ्याक्टर अथेन्टिकेसन (टुएफए) प्रक्रियाको समयमा पठाइने ओटीपी एसएमएसका लागि एउटै मापदण्ड लागु गर्ने भन्दै गूगलसँग प्रस्ताव राखेका थिए ।
एप्पलको सफारी वेबकिटका लागि काम गर्ने इन्जिनियरले उक्त मापदण्ड पस्ताव गरेको थिए । उक्त पस्ताव अहिले वेब प्ल्याटफर्म इन्कुब्याटर कम्युनिटी ग्रुप (डब्लूआईसीजी) मा पुगेको छ ।
प्रस्तावले हाल ओटीपी/टुएफए कोडमा रहेको केही समस्यालाई समाधान गर्ने उद्देश्य राखेको छ । जुन वेबसाइट अनुसार फरक हुने उल्लेख गरिएको छ ।
We’ve moved “Origin-bound one-time codes delivered via SMS” to @wicg_, where we’re working on a shared spec with our collaborators at Google. Please take a look!
एप्पलका इन्जिनियरले ल्याएको प्रस्ताव अनुसार हरेक ओटीपी एसएमएसमा वेबसाइटको लिंक पनि संलग्न हुनेछ । उक्त ओटीपी कुन वेबसाइट बाट आएको भन्ने विषय त्यसैमा उल्लेख गरिएको हुनेछ । नयाँ प्रस्ताव अनुसार ओटीपी एसएमएस आउँदा यस्तो हुनेछ :
524323 is your Techpana authentication code. @techpana.com #524323
जसमध्ये सुरुकोले प्रयोगकर्ताकालाई कुन वेबसाइटबाट एसएसएस आएका हो भनेर बुझ्न सहज हुनेछ, भने दोस्रो मोबाइल एप र ब्राउजरको लागि हुनेछ । जसले ओटीपी आएसँगै त्यसलाई तानेर टुएफएको प्रक्रिया अघि बढाउने छ ।
यसले ओटीपी एसएमएस डेलिभरमा हुने समस्यालाई हल गर्ने छ र सुरक्षाको हिसाबले पनि अझ मजबुत हुनेछ । तर, यो प्रस्तावमा मोजिल्लाले भने अहिले सम्म कुनै प्रतिक्रिया जनाएको छैन् ।
यसका बावजुद पनि एप्पलले ल्याएको यो प्रस्तावलाई सबैले राम्रो प्रतिक्रिया दिइरहेको जेडडीनेटले उल्लेख गरेको छ ।