close

दृष्टिविहिनलाई खुसीको खबर, गुगलले बनायो ब्रेल किबोर्ड, यसरी चलाउनुहोस

टेकपाना टेकपाना

बैशाख २, २०७७ १३:८

दृष्टिविहिनलाई खुसीको खबर, गुगलले बनायो ब्रेल किबोर्ड, यसरी चलाउनुहोस

काठमाडौं । दृष्टिविहिनलाई लक्षित गर्दै गुगलले ब्रेल किबोर्ड सार्वजनिक गरेको छ । एन्ड्रोइडको पहुँच विस्तार गर्ने योजना साथ गुगलले यस्तो सुविधा थप गरेको हो । यो सुविधासँगै पैसा खर्च गरेर ब्रेल किबोर्ड किन्नु पर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ ।

UI + shell.png

गुगलले सार्वजनिक गरेको यो किबोर्ड एन्ड्रोइड ५.० संस्करणभन्दा पछिका फोनमा उपलब्ध हुने गुगलले जनाएको छ । गुगलका अनुसार दृष्टिविहिन प्रयोगकर्तासँगको सहकार्यमा यो किबोर्ड निमार्ण गरिएको हो । त्यसैले यो एप ब्रेल किबोर्ड प्रयोग गरिरहेका प्रयोगकर्ताका फरक नपर्ने गुगलले स्पष्ट पारेको छ ।

यो किबोर्ड एन्ड्रोइड फोनमा टेक्स्ट लेख्नुपर्ने हरेक स्थानमा प्रयोग गर्न सकिने छ । उक्त किबोर्डमा तपाईंले लेखेको अक्षर अथवा शब्द गलत भएमा डिलिट गर्ने, लाइन थप्न र लेखेको कुरा सुधार्न सक्ने सुविधा उपलब्ध छ । तर, जब ब्रेल किबोर्ड एक्टिभ गरिएको छ, उक्त समयमा टकब्याक जेस्चरले भने सर्पोट गर्ने छैन ।

blogpost-header-v02.gif

टकब्याक जेस्चर भने दृष्टिविहिन प्रयोगकर्ताले स्मार्टफोनमा गरिरहेको कामको बारेमा बोलेर जानकारी दिने फिचर हो । यसले तपाई के चलाइरहनु भएको छ, नोटिफिकेशनमा के आएको छ लगायत सबै कुरालाई ठूलो आवाजमा बोलेर सुनाउनेछ ।

प्रयोग गर्ने तरिका

यो सुविधा प्रयोग गर्न सुरुमा मोबाइलको सेटिङमा जानुहोस् । त्यहाँ रहेको ‘एसेसिबिलिटी’ मा क्लिक गरी ‘टकब्याक’मा गएर ‘सेटिङ’ मा क्लिक गर्नुहोस् । त्यहाँ ‘ब्रेल किबोर्ड’ छनोट गर्नुहोस् । त्यसपश्चात तपाईंले त्यहाँ ‘ट्याब टु सेट अप’ मा गएर ‘सेटिङ’ मा क्लिक गरी ‘टकब्याक ब्रेल किबोर्ड’ लाई अन गर्न सक्नुहुनेछ ।

जब तपाईंले टकब्याक ब्रेल किबोर्डलाई इनेबल गर्नुहुन्छ । तपाईंले मोबाइलको किबोर्डमा गएर आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुनेछ । यदि तपाईं किबोर्ड चलाउन चाहानुहुन्छ भने किबोर्ड चलाउन सक्नुहुनेछ । य ब्रेल किबोर्ड चलाउन चाहनुहुन्छ भने किबोर्डको साइडमा रहेको ‘ग्लोब’ जस्तो सिग्नलमा क्लिक गरी परिवर्तन गरी प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४