close

अब वेबमै इन्स्टाग्रामको लाइभ स्ट्रिम, अन्यत्र शेयर गर्न सकिने

टेकपाना टेकपाना

बैशाख ८, २०७७ १८:४७

अब वेबमै इन्स्टाग्रामको लाइभ स्ट्रिम, अन्यत्र शेयर गर्न सकिने

काठमाडौं । इन्स्टाग्रामले गत हप्ता वेबसाइटबाट सोझै म्यासेजमा पहुँच बनाउन सकिने सुविधा ल्याएको थियो । अब प्रयोगकर्ताहरुले इन्स्टाग्रामको लाइभ ब्रोडकास्ट डेस्कटप कम्प्युटरमा हेर्न समेत सक्ने भएका छन् । 

यो फिचर नयाँ, लेस इन्ट्रुसिभ फर्म्याट र प्रयोगकर्ताको स्ट्रिम्सलाई क्रस प्रमोट गर्नेगरी यूआरएलसँगै आएकाे हो । वेबमा लाइभ ब्रोडकास्टिङको कम्प्रेस्ड, भर्टिकल भ्यू पाउन सकिन्छ । यसले साइडमा कमेन्ट र भिडियो डिस्प्लेलाई छुट्याउँछ ।

तपाईंले फुल स्क्रिनमा भिडियो हेर्नु भएन भने अझ राम्रो भिडियो क्वालिटीको अनुभव गर्नसक्नुहुन्छ ।यसमा डेस्कटप पहुँच थप भएसँगै अर्को महत्वपूर्ण तत्व पनि आएको छ ।

तपाईंको लाइभ ब्रोडकास्टको छुट्टै यूआरएल प्रयोग हुनेछ । यसबाट तपाईं लाइभमा रहँदा अन्य प्लेटफर्ममा पनि आफ्नो स्ट्रिमलाई क्रस प्रमोट गर्नसक्नुहुन्छ ।

तपाईं सिधा लिंक शेयर गर्नसक्नुहुन्छ। ता कि यस अघि जस्तो फ्यान फलोअर्सहरुलाई स्ट्रिम चेक गर्न इन्स्टाग्राममा बोलाउनु पर्दैन । 

पहिले यस्तो सम्भव थिएन किनभने कुनै पनि स्ट्रिम भइरहँदा त्यसलाई लिंक गराउने यूआरएल नै हुँदैन थियो । त्यो बेला सम्भव भएपनि म्यासेजमार्फत लिंक शेयर गर्नु पर्ने अवस्था रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४