close

अब सामसङ टीभीमै एप्पल म्युजिक

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १३:५३

अब सामसङ टीभीमै एप्पल म्युजिक

काठमाडौं । अब सामसङका टेलिभिजन प्रयोगकर्ताले एप्पल म्युजिकको आनन्द लिन पाउने भएका छन् । एप्पल म्युजिक एप सिधै सामसङको टीभीमा प्रयोग गर्न मिल्ने भएको हो ।

तर, यो अचम्मको छ । सामसङ र एप्पल हार्डवेयरमा एकअर्काका प्रतिश्पर्धी कम्पनी हुन । तर, पनि एप्पलको म्युजिक सामसङको टीभीमा उपलब्ध गराइएको छ ।

यसको प्रयोग गर्नको लागि सामसङ टीभी प्रयोगकर्तालाई थप कुनै डिभाइस आवश्यक पर्ने छैन । प्रयोगकर्ताले सोझै एप डाउनलोड गरी प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

Apple Music is now available on Samsung TVs
Photo : Samsung

एप्पल म्युजिकमा भएका फिचरका साथै सामसङ टीभी प्रयोगकर्ताले ‘एट होम विथ एप्पल म्युजिक’ फिचर समेत प्रयोग गर्न पाउने उल्लेख गरिएको छ । जसमा एडिटोरियल प्लेलिस्ट, अन्तर्वार्ता, कलाकारसँगको रेकर्ड फेस टाइम च्याट लगायतका सुविधा रहेका छन् ।

यो सुविधा सय भन्दा बढी देशका सामसङ टेलिभिजनमा उपलब्ध हुनेछ । तर यसका लागि सन् २०१८ देखियता सार्वजनिक भएको मोडेलको टीभी भने हुनुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३