close

अब बैंक खाताबाटै ई-कमर्शको भुक्तानी

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १२:४६

अब बैंक खाताबाटै ई-कमर्शको भुक्तानी

काठमाडौं । अब सोझै आफ्नो बैंक खाताबाटै विभिन्न ई-कमर्श कम्पनीको भुक्तानी गर्न सकिने भएको छ । नियामक राष्ट्र बैंक तथा बिभिन्न बैंकहरुद्धारा प्रवर्द्धित कनेक्ट आईपीएसले यस्तो सेवा उपलब्ध गराउन थालेको हो ।

कनेक्ट आईपीएसको वेबसाइटमार्फत आफ्नो बैंक खातामा रहेको रकमबाट सस्तो डिल, ग्यापु, काठमाण्डु अर्गानिक, कल्प कलेक्सनखेतीको अनलाइन भुक्तानी गर्न सकिने भएको छ । यसका साथै भोज, ठूलो, खेती, यूजी बजार जस्ता ई-कमर्शका वेबसाइट तथा मोबाइल एपमै समेत यस्तो सुविधा उपलब्ध गराइएको छ ।

हिमालयन बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंकले ई-कमर्श कम्पनीलाई कनेक्ट आईपीएसको नेटवर्कमा ल्याउने काम गरेका हुन् । तर कनेक्ट आईपीएस प्रयोग गर्ने हरेक बैंकका प्रयोगकर्ताले सहजै ई-कमर्शको भुक्तानी गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१