close

फेसबुकपछि भिस्टाले लियो जियोको शेयर

टेकपाना टेकपाना

बैशाख २६, २०७७ १८:५१

फेसबुकपछि भिस्टाले लियो जियोको शेयर

काठमाडौं । कम मूल्यमा डेटा उपलब्ध गराएर भारतको इन्टरनेट बजारको स्वाद नै फेरिदिएको रिलायन्स जियोमा भिस्टा इक्विटी पार्टनरले लगानी गरेको छ । अमेरिकी कम्पनी भिस्टाले ११ हजार ३६७ करोड भारुमा सो सेयर खरिद गरेको हो ।

भारतकै धनी मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज अन्तर्गतको जियोमा यसअघि फेसबुकले ४ खर्ब ३५ अर्ब ७४ करोड भारतीय रुपैयाँ लगानी गरी ९.९ प्रतिशत शेयर खरिद गरिसकेको छ । सिल्भरलेकले ७४ करोड ७० लाख डलरमा १.१५ प्रतिशत स्वामित्व खरिद गरेको छ ।

फेसबुकको लगानीसँगै जिओले आफ्नो शेयर बिक्री बन्द गर्न सक्ने अपेक्षा गरिएको अवस्थामा अम्बानीले फेरी २.३२ प्रतिशत शेयर बिक्री गरका हुन् । उनले बैंकबाट लिएको ऋण तिर्नका लागि जियोको शेयर बिक्री गरेको उल्लेख छ ।

भिस्टा इक्विटी पार्टनरले शेयर खरिद गरेसँगै कम्पनीको शेयर पनि ४.४ प्रशितले बढेको उल्लेख गरिएको छ । शेयर बजारमा शुक्रबारमात्रै कम्पनीको शेयर ४.४ प्रतिशतले बढेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१