close

फोन ह्याक भएको त छैन ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ १३:१

फोन ह्याक भएको त छैन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । तपाईंको फोन कहिले कसरी ह्याक हुन्छ भन्ने कुरा थाहा पाउन अप्ठ्यारो छ । यसकारण तपाईंले कहिलेकाँही केही संकेतहरुको भरमा यी कुराहरु थाहा पाउन सक्नुहुन्छ ।

तपाईंको फोनमा देखिने  पपअप पनि यस्तै एउटा ठूलो संकेत हो । साथै तपाईंले डाउनलोड नगरेको कुनै एप तपाईको फोनमा देखाउँछ भने त्यो अर्को ठूलो संकेत हो ।

कहिलेकाँही बिना कारण धेरै डेटा खपत भएको देखिन्छ भने ब्याकग्राउण्डमा धेरै डेटा खपत गर्ने मेलिसियस एप्सहरु रहेका हुन्सक्छन् । यस अलावा ब्याट्री धेरै खपत हुने, फोनले ढिलो काम गर्ने जस्ता समस्या पुराना तथा आउटडेटेड फोनका साझा गुण हुन् ।

कसरी जोगिने ?

त्यसैले आउटडेटेड फोनको प्रयोग नगर्नु नै सबैभन्दा राम्रो उपाय हो । यदि तपाईसँग नयाँ फोन किन्ने पैसा छैन र तपाईं पुरानै फोन चलाउँदै हुनुहुन्छ भने तपाईंले फोनलाई सुरक्षित राख्न केही काम गर्नसक्नुहुन्छ ।

सबैभन्दा पहिलो कुरा भनेको त्यसमा पछिल्लो सफ्टवेयर इन्स्टल भएको कुरा सुनिश्चित गर्नुहोस् । यदि तपाईंले पुरानो फोन प्रयोग गरिरहनुभएको छ भने त्यसलाई राम्रोसँग फ्याक्ट्री रिसेट गर्नुहोस् ।

अनअफिशियल वा थर्ड पार्टीबाट कुनै पनि एप डाउनलोड गर्ने वा सार्ने काम नगर्नुहोस् । एन्ड्रोइडका लागि गूगल प्लेस्टोर तथा आईफोनका लागि एप्पल एप स्टोरबाट मात्रै एपहरु डाउनलोड गर्ने गर्नुहोस् ।

वेबसाइटबाट एपीके फाइल डाउनलोड गरेर एप इन्स्टल गर्ने काम आजैबाट बन्द गरिदिनुहोस् । यसबाट मेलिसियस अर्थात जोखिमपूर्ण सफ्टवेयरहरु तपाईंको फोनमा आउन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१