close

खल्तीको नाम दुरुपयोग गर्दै ठगी, सचेत रहन कम्पनीको आग्रह

टेकपाना टेकपाना

जेठ ४, २०७७ १०:३९

खल्तीको नाम दुरुपयोग गर्दै ठगी, सचेत रहन कम्पनीको आग्रह

काठमाडौं । डिजिटल वालेट सेवाप्रदायक कम्पनी खल्तीको नाम दुरुपयोग बाट प्रयोगकर्ता ठगिन थालेको पाइएको छ । आफ्नो जस्तै वेबसाइट बनाएर प्रयोगकर्ताको युजर नेम र पासवर्ड मागेर ठगी गर्ने क्रम सुरु भएको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको हो ।

सार्वजनिक सूचना जारी गर्दै डिजिटल वालेट खल्तीले आफ्नो युजर नेम र पासवर्ड अरुलाई नदिन सचेत गराएको छ । ‘खल्तीको एप र आधिकारिक वेबसाइटभन्दा अन्यत्र आफ्नो युजर नेम र पासवर्ड नराख्नुहोला,’ कम्पनीले भनेको छ ।

यदि त्यसरी राखिसक्नुभएको छ भने वा अन्यत्र समेत एउटै पासवर्ड प्रयोग गर्नुभएको छ भने तुरुन्त परिवर्तन गर्न समेत कम्पनीले सुझाव दिएको छ । खल्ती नेपालको दोस्रो ठूलो डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी हो ।

खल्तीको एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३