close

जीवीको सेवा अब कीर्तिपुरमा पनि

टेकपाना टेकपाना

जेठ २७, २०७७ १७:३४

जीवीको सेवा अब कीर्तिपुरमा पनि

काठमाडौं ।  स्वास्थ्य क्षेत्रमा डिजिटल क्रान्ति ल्याउने उद्देश्यले सुरु भएको जीवी स्टार्टअप कम्पनीले आफ्नो सेवा कीर्तिपुरमा विस्तार गर्दैछ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गरिरहेको कम्पनीले आफ्नो एप मार्फत अब कीर्तिपुरमा समेत सेवा दिने भएको हो ।  

कोभिड १९ को महामारीबाट बच्न लकडाउन पालना गर्न जोड दिँदै जीवीले आफ्ना सम्पूर्ण सेवाग्राहीहरुलाई घर घरमा औषधीजन्य सामग्रीहरु उपलब्ध गराउँदै आइरहेको छ ।

हाल दैनिक दुई सयभन्दा धेरै संख्यामा डेलिभरी सेवा प्रदान दिइरहेको जीवीबाट प्रयोगकर्ताहरुले आफूलाई आवश्यक औषधीहरुको प्रेस्क्रिप्सन बिलको तस्वीर स्क्यान गरेर समेत औषधी अर्डर गर्न सक्छन् । 

गत वर्षको २९ अगस्टदेखि सञ्चालनमा आएको जीवीको एप हालसम्म ९० हजार पटक डाउनलोड भइसकेको छ । दैनिक १२ हजारले यो एप प्रयोग गरिरहेको कम्पनीले बताएको छ । 

जीवीको एपमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका पाँचसयभन्दा धेरै चिकित्सक समेत जोडिएका छन् ।  एपमा रहेको ‘नमस्ते डक्टर’ फिचरबाट प्रयोगकर्ताहरुले डक्टरसँग अनलाइन परामर्शको सेवा लिनसक्छन् । 

एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि यो एप प्ले स्टोरमा उपलब्ध छ । तर आईओएस प्रयोगकर्ताहरुले भने जीवीको आधिकारिक वेबसाइट मा गएर एप डाउलोड गर्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०