close

सुन्दर देखिने वालपेपरले हजारौं स्मार्टफोन क्य्राश भएपछि…

टेकपाना टेकपाना

जेठ ३०, २०७७ ११:५१

सुन्दर देखिने वालपेपरले हजारौं स्मार्टफोन क्य्राश भएपछि…

एजेन्सी । राम्रो लागेर मोबाइलमा राखेको वालपेपरले तपाईंको स्मार्टफोन नै क्य्राश गरिरहेको हुनसक्छ । सुन्दा अचम्म लाग्ने यो विषय हल्ला मात्र होइन, यो यथार्त नै हो ।

हालै एउटा वालपेपर भेटिएको छ, जसलाई आफ्नो मोबाइलमा राख्दा मोबाइल नै क्य्राश हुन्छ र फोन पुनः प्रयोगमा ल्याउन रीस्टोर गर्नुपर्ने हुन्छ । रीस्टोर गर्नु भनेको तपाईंको मोबाइलमा रहेका फोटो, भिडियो, कन्ट्याक नम्बर लगायत महत्वपूर्ण जानकारी गुमाउनु हो ।

त्यतिमात्रै नभएर यो वालपेपर सेट गर्दा मोबाइल बूटमा समेत समस्या हुने गरेको उल्लेख छ । तर, यस्तो समस्या सबै फोनमा देखिएको भने होइन । हालसम्म एन्ड्रोइड टेनमा आधारित केही फोनमा मात्रै यस्तो समस्या देखिएको छ ।

यसबारेमा लोकप्रिय ‘लिक्स्टर’ युनिभर्स आइसले ट्वीटरमार्फत एउटा भिडियो जारी गर्दै सचेत गराएका थिए । अन्य धेरै प्रयोगकर्ताहरूले पनि आफूले त्यस्तै अनुभव गरेको पुष्टि गरेका छन् ।

यो विषय सतहमा आएर फोटाको चर्चा हुन थालेपछि फोटाग्राफर गौरव अग्रवाल पनि साधारण प्रयोगकर्ता जस्तै अचम्ममा परेका थिए । अग्रवाल पेसाले वैज्ञानिक हुन् ।

फोटाग्राफी उनको सोख हो । उनी कहिले कहीँ फोटो खिचेर फोटाग्राफी प्ल्येटफर्म ‘फ्लिकर’ मा पोस्ट गर्थे । ‘फ्लिकर’ मा उनका १० हजारभन्दा बढी फलोअर छन् ।

उनले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘म आफ्नो परिवारसँग ग्ल्यासियर नेशनल पार्कमा पुगेको बेला त्यहाँ रहेको सेन्ट म्यारी तलाउमा देखिएको दृष्यलाई यो फोटोमा कैद गरेको थिएँ । यो २०१९ अगस्टको कुरा हो ।’

उनले अगाडि भनेका छन, ‘मैले त्यो दिन त्यहाँ जादुमयी दृश्य देखेँ, जसलाई मैले फोटोमा कैद गरें । त्यसमा केही कलर करेक्सन अर्थात एडिट गरी ‘फ्लिकर’ मा पोस्ट गरेको थिएँ । मैले सोचेको थिएँ, यो फोटोको प्रयोग यति मात्रै हो । तर, जब मैल फोटो भाइरल भइरहको देखें, तब मलाई दुःख लाग्यो ।’

उनले त्यो फोटो निकन क्यामेराबाट खिचेका थिए । आफूले खिचेको फोटो यसरी भाइरल हुँदा खुःशी हुनुपर्नेमा उनलाई भने दुःख लागिरहेको थियो । किन भने उनले खिचेको फोटाका कारण धेरै प्रयोगकर्ताको मोबाइल फोन नै बिग्रिएको थियो । उनले भनेका छन्, ‘राम्रो कारणले यो फोटो भाइरल भइदिएको भए हुन्थ्यो ।’

यसरी एकजना व्यक्तिले खिचेको फोटोले कसरी मोबाइल फोनलाई नै क्य्राश गरिरहेको छ भन्ने विषयमा एकजना जानकारले भनेका छन्, ‘यो फोटोको कलर कम्बिनेसन अन्य फोटोको तुलनामा फरक छ । कलरको स्ट्यान्डर्ड आरजीबी नै हो । फोटोको कलर स्ट्यान्डर्ड भन्दा यसमा केही फरक भएको हुनुपर्छ । अथवा यो फोटोमा एउटा फोनले धान्न सक्नेभन्दा यसमा बढी कलर भएको हुनुपर्छ । जसका कारण यस्तो समस्या आएको हुनसक्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०