close

यी हुन् डिशहोम रिचार्ज गर्दा १/१ लाख नगद पाउने भाग्यशाली

टेकपाना टेकपाना

असार ६, २०७७ १४:५३

यी हुन् डिशहोम रिचार्ज गर्दा १/१ लाख नगद पाउने भाग्यशाली

काठमाडौं । डिशहोमको डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गत थप दुई जना भाग्यशाली ग्राहकले एक/एक लाख रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । गत जेठ ३० देखि असार ४ गतेसम्म अनलाइन फण्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट विजेता घोषणा गरिएको हो ।

शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० तथा १०१ र रमाइलो टीभीबाट प्रशारण भएको लाइभ लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेता छनौट गरिएको थियो । लक्की ड्रबाट भाग्यशाली घोषित हुनेहरुमा क्यास आईडी नम्बर ०२५१८९१४०५१ र ०२५५८२१७९३४ भएका ग्राहकहरु छन् ।

जसमा पहिलो क्यास आईडी भरतपुर चितवनका पुरुषोत्तम आचार्य र दोस्रो क्यास आईडी बर्दिया बिरुवा गाउँपालिका बटेराका सुन्दरलाल चौधरीको नाममा रहेको छ ।

विजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ । आउने लक्की ड्र अगामी जेठ १२ गते सोही च्यानलबाट प्रशारण हुने जनाइएको छ ।

जसमा शुक्रबारदेखि आउँदो बिहीबार अर्थात ११ असारसम्म अनलाइन फण्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्ने ग्राहकहरु समेटिनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१